काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकै बीच विश्वासको मत मागेका छन् ।
सोमबारको बैठक सुरु भएलगत्तै कांग्रेस सांसदले बेल घेराउ सुरु गरेका थिए । तर सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव पेश गर्न समय दिएका थिए । त्यसपछि १५ मिनेट स्थगित भई सुचारु भएको बैठकमा सभामुख देवराज घिमिरेले समय दिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री समेत मुछिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले नाराबाजी र विरोध गरिरहेको छ ।