काठमाडौं । रुपज्योति पक्राउ परेका छन् । ज्योती समूहका उपाअध्यक्ष समेत रहेका ज्योति अपार्टमेन्ट ठगी सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको हो। रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरीले बताएको छ । ल्यान्डमार्क हाउजिङका नाममा ठगी गरेको आरोप उनी माथि लागेको छ ।
रुप ज्योतिसँगै छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको छ। रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएको प्रहरीले बताएको छ। उनीहरु दुबै जनालाई काठमाडौं परिसरमा राखिएको छ ।
ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गर्दै आएका शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति ग्रुपका उपाध्यक्ष रूप ज्योति यसअघि अदालतमा सेटिङ मिलाएर जोगिंदै आएका थिए ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको मुद्दामा रूपज्योतिलाई लागेको थियो । जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो ।
जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्च अदालतमा २०७५ मंसिर २४ गते मुद्दा दायर भएको रिट हिजो सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो ।
आर्थिकन्यूज
प्रतिक्रिया