धितोपत्र बोर्डको अध्यक्षका लागि आर्शीवाद थाप्न नेताको घरदैलो दौडहा - Aarthiknews
aarthiknews.com विहीबार, ३० असोज २०७६   Thursday, 17 October, 2019
 
Bajaj_Bike

धितोपत्र बोर्डको अध्यक्षका लागि आर्शीवाद थाप्न नेताको घरदैलो दौडहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ असोज २०७६
Sunrise bank
धितोपत्र बोर्डको अध्यक्षका लागि आर्शीवाद थाप्न नेताको घरदैलो दौडहा
LBEF
NCH-IPS

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष  डा. रेबतबहादुर कार्कीको कार्यकाल कात्तिक १ गतेबाट रिक्त हुने भएपछि उक्त पदका लागि नेताको आर्शीवाद थाप्ने दौडहा शुरु भएको छ । नेताको जसले बढी आर्शीवाद पाउँछ त्यही व्यक्ति धितोपत्र बोर्डको अध्यक्ष हुने पक्का छ ।

बोर्डको नयाँ अध्यक्षका लागि परिष्टनाथ पौडेल, निरज गिरी, डा.नवराज अधिकारी, भीष्म ढुंगानालगायतका आधा दर्जनभन्दा बढी  भिडदै छन् ।  । अध्यक्षका लागि दौडाहामा रहेका पौडेल र गिरी बोर्डकै कार्यकारी निर्देशकमा कार्यरत छन् । दुवै कार्यकारी निर्देशकले लामो समय बोर्डमै कार्य गरेको अनुभव भएकाले अध्यक्षको दाबी गरेका हुन् । 

त्यस्तै बोर्डकै निमित्त कार्यकारी निर्देशक डा.नवराज अधिकारीले पनि आफू अध्यक्षका लागि उपयुक्त व्यक्ति भएको दाबी गर्दै आएका छन् । कार्य क्षमताका हिसाबले उत्कृष्ट प्रर्दशन गर्दै आएका अधिकारी बोर्ड हाँक्न सक्ने क्षमता राहेको दाबी गर्दै आएका छन् । यसैगरी बोर्डका विज्ञ सदस्य भीष्मराज ढुङ्गाना पनि अध्यक्ष बन्ने लाइनमा छन् । उनलाई बोर्डको अध्यक्ष बनाउने गरी विज्ञ सदस्यमा नियुक्ति गरिएको भन्ने पनि एकाथरीको भनाइ छ । उनलाई अध्यक्ष बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिस समेत रहेको चर्चा रहेको छ । 

ढुङ्गाना राष्ट्रपति भण्डारी निकट मानिन्छन् । राष्ट्रपति भण्डारीकै सिफारिसमा उनी केही महिना अघि बोर्डको विज्ञ सदस्य नियुक्त भएका हुन् । तर, सत्तपक्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल पक्ष भने भीष्मराज ढुङ्गानालाई बोर्डको अध्यक्ष बनाउन नहुने लबिड शुरु गरेका छन् । उनीहरुले आफ्नो गुटको व्यक्ति नियुक्ति गर्नुपर्नेमा जोड दिँदै आएको छन् ।
     
केपी ओली निकट मानिने अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्डको आगामी अध्यक्ष बनाउने गरी ढुङ्गानालाई विज्ञ सदस्यमा नियुक्त गरेको स्रोतको भनाइ छ ।

बोर्डको विज्ञ सदस्य गत चैतदेखि खाली थियो । निलबहदुर सारु मगरले अवकाश भएको ६ महिनापछि राष्ट्र बैंकका पूर्व ार्यकारी निर्देशक ढुङ्गाना नियुक्ति गरिएको थियो ।

यसअघि ढुङ्गाना राष्ट्र बैंकको तर्फबाट पदेन सदस्यका रुपमा नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समिति सदस्य पनि थिए । त्यसैले पनि अर्थमन्त्री खतिवडालाई ढुङ्गानालाई विज्ञ सदस्यमा नियुक्त गर्न सहज भएको थियो ।

ढुङ्गानाले लामो समय राष्ट्र बैंकको विदेशी विनिमय विभागको प्रमुख भएर काम गरेका थिए । उनी केही समय अघि राष्ट्र बैंकबाट अवकाश भएका थिए । 

बोर्डको अध्यक्ष कसलाई बनाउने भन्ने चलखेल शुरु भएको छ । सत्तापक्ष दलभित्र आ आफ्नो गुट नजिकका व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ भन्नेहरुबीच तिब्र लविङ शुरु भएको छ ।

बोर्डका अहिलेका अध्यक्ष डा. कार्कीको कार्यकाल सकिन करिब १५ दिन मात्र बाँकी छ । छोटो समय भएकाले अध्यक्ष कसलाई बनाउने भन्ने बारेमा छलफल तिब्र हुन थालेको छ । बोर्डको अध्यक्ष बन्ने लिगलिगे दौडमा करिव आधा दर्जन देखिएको स्रोतको भनाइ छ । त्यस दौर्डमा कसको पल्लाभारी हुने त्यो भने अहिले नै भन्न नसकिने बोर्डका एक कर्मचारीले बताए । दशैंमा ठूला बडाको आर्शीबाद थापेजस्तै पछिल्लो समय बोर्डको अध्यक्ष बन्नका लागि नेताको आर्शीवाद थाप्न दौडनेको संख्या दिन प्रतिदिन बढनै गएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष कार्कीको १५ दिन बढी बिदा बाँकी रहेकाले बिदा बस्ने तयारीमा  छन् । बोर्डका अध्यक्ष कार्कीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कार्यकालमा गरेका कामको फेहरिस्त सुनाएका थिए । उनले आफूले धेरै सुधारका काम गरिसकेकाले नयाँ अध्यक्षका सहज हुने पनि बताएका थिए । अध्यक्ष कार्कीले चालू आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । अध्यक्ष कार्कीले वित्तीय सुधारमा भूमिका खेल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });