शीर्षकहरू

अर्थ मन्त्रालयले हटायो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति कार्यविधि

अर्थ मन्त्रालयले हटायो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति कार्यविधि

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि संशोधन गरिएको कार्यविधि अर्थमन्त्रालयले हटाएको छ । आर्थिक न्युज डटकमले शनिबार ‘धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको कार्यविधिमा पुनः झेल, दुई जनालाई मात्र फिट हुने बनाईयो’ शिर्षकमा समाचार प्रकाशित गरेपछि रातारात मन्त्रालयले उक्त संशोधित कार्यविधि हटाएको हो ।   

समाचार प्रकाशन भइसकेपछि मन्त्रालयमा व्यापक छलफल भएको अर्थमन्त्रालय स्रोतले बताउँछ । मन्त्रालय स्रोतले भन्यो, ‘कार्यविधि संशोधन भएको विषय समाचार प्रकाशित भएपछि धेरैले विरोध गरे । यसबारे मन्त्रालयमा व्यापक छलफल पनि भयो । संशोधित कार्यविधिसँग असन्तुष्ट रहेका आवेदनकर्ताहरु यसको विरुद्धमा अदालतसम्म जाने तयारीमा रहेको जानकारी समेत आयो । जसले गर्दा उक्त संशोधित कार्यविधि हटाईएको हो ।’ 

संशोधन गरिएको कार्यविधिमा योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले मनोमानि गरेको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘डा. विश्व पौडेलले पहिलो सूचना जारी भएदेखि नै धितोपत्र बोर्डमा आफ्नो पक्षको मानिस ल्याउन लागिपरेका कारण के गर्दा आफ्नो मान्छे ल्याउन सकिन्छ त्यस्तै तयारी गरेका कारण यो कार्यविधिमा उहाँको मानिसलाई मात्र फिट हुने बनाइएको थियो ।’ 

धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तीका लागि कार्यविधि संशोधन गर्दै समिति व्यक्तिलाई फिट हुने बनाइएको छ । कार्यविधिमा यसभन्दा पहिलाको कार्यविधिलाई अध्यक्ष नियुक्तीका लागि बनेको सिफारिस समितिले परिवर्तन गर्दै आवेदन दिएका १५ जनामध्ये २ जनालाई मात्र फिट हुने कार्यविधि बनाइएको छ । 

यसभन्दा पहिला सम्बन्धीत क्षेत्रको कार्य अनुभव (व्यवस्थापकीय तहको मात्र)मा २५ अंक ल्याउन पर्ने कार्यविधिमा उल्लेख बनाइएको छ । ७ देखि १५ वर्ष अनुभव रहेकाले २३ अंक र १० वर्षभन्दा बढी अनुभव भएकाले २५ अंक प्राप्त गर्नेे कार्यविधिमा उल्लेख छ  । तर, पुन दोस्रो पटक सूचना जारी हुनुभन्दा एकदिन अघि मात्रै मन्त्रालयले १० देखि १५ वर्ष ५ देखि १० वर्षसम्मको अनुभवलाई समावेश गरिएको छैन ।  

प्रतिक्रिया