शीर्षकहरू

जिल्ला प्रशासनको नीतिका कारण अवज्ञा गर्ने चेतावनी

जिल्ला प्रशासनको नीतिका कारण अवज्ञा गर्ने चेतावनी

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात बन्द गर्ने तर हवाई सेवा बन्द नगर्ने नीति ल्याएको भन्दै उक्त निर्णय लागू भएमा अवेज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले आज एक निर्णय लागू गर्दै आन्तरिक उडानलाई सूचारु गर्ने तर सार्वजनिक यातायातलाई पूर्ण रुपमा बन्द गर्ने निर्णयको यातायात व्यावसायीले विरोध गरेका हुन् । 

सरकारको नीति ठूलालाई काखा र सानालाई पाखा गर्ने खालको रहेको भन्दै यो नीति लागू भएमा जनस्तरबाटै यसको उलंघन हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । 

“साच्चिकै कोभिड भएर ज्यान जोगिन यो निर्णय गरिएको हो, भने प्लेन उडान हुने गाडी नचल्ने सरकारले यस्तो विभेदकारी नीति लिएमा जनता आफैले यो नियमको उलंघन गर्ने छन् । विमान चढ्दा कोरोनाको जोखिम नहुने सार्वजनिक यातायात चढ्दा कोरोनाको जोखिम बढ्ने कस्तो खालको दुविधा पूर्ण निर्णय हो ।”हामी पनि स्वास्थ्य प्रोटोकल र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अपनाएर सवारी चलाउँछौ । 

यसैमा थप्दै महासचिव सिटौलाले भने, विमानले मापदण्डको पालना गर्छ भनेर ढुक्क भएर विमानमाभरि यात्रु बोक्न दिने, बसमा भने मापदण्डको पालना गर्छु भन्दा पनि यातायात नै ठप्प गर्ने निर्णय गर्ने गरेका छन् । 

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेका छन् । जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने उल्लेख छ ।

यता सरकारले धारासाही हुन नदिनका लागि आन्तरिक उडानलाई सुचारु गर्ने निर्णय स्वागत योग्य भएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रबन्ध निर्देशक प्रताप बावु तिवारीले बताए । उडान सेवा अहिले तत्कालको लागि बन्द गर्ने निर्णय भएको छैन । 

अहिले प्राधिकरणले उडान भइरहेको मध्ये केहि उडान कटौती गर्ने भनि सिफारिस गरेको तर प्राधिकरणको निर्णय हुन बाकि रहेको तिवारीले जानकारी दिए । आन्तरिक उडानमा यात्रुबीच दूरीको नियम पालना नै गरिरहेको उनले बताए । 
 

प्रतिक्रिया