शीर्षकहरू

विश्व वातावरण दिवसमा वर्ल्डलिङ्कद्धारा मञ्जुश्री पार्कमा वृक्षारोपण

विश्व वातावरण दिवसमा वर्ल्डलिङ्कद्धारा मञ्जुश्री पार्कमा वृक्षारोपण

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ललितपुरस्थित मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा जलविनायक सामुदायिक वन उपभोक्ता समूह, प्रगतिशील युवा समूह, स्थानीय समुदाय, विद्यार्थी तथा वर्ल्डलिङ्कका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत मञ्जुश्री पार्क क्षेत्रमा धुपी तथा विभिन्न फलफूलका बिरुवा रोपिएको कम्पनीले जनाएको छ। वृक्षारोपणले सामुदायिक वनको संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा पार्क क्षेत्रको सौन्दर्य अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

वर्ल्डलिङ्ककी सीएसआर निर्देशक तथा प्रवर्द्धक सेयरधनी अनुपा भण्डारी जालानले समुदाय र वन क्षेत्रको आवश्यकतालाई ध्यानमा राखेर वृक्षारोपण गरिएको बताइन्। उनका अनुसार कम्पनीले पछिल्ला वर्षहरूमा देशका विभिन्न धार्मिक तथा ऐतिहासिक क्षेत्रमा वृक्षारोपण र वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ।

उनले वातावरण संरक्षण कुनै एक दिनको अभियानमा सीमित विषय नभई जीवनशैली, सामाजिक उत्तरदायित्व र भावी पुस्तासँग जोडिएको साझा दायित्व भएको उल्लेख गरिन्। दिगो विकास र स्वच्छ वातावरण निर्माणका लागि निजी क्षेत्र, स्थानीय समुदाय र युवाबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपक महर्जनले यस्ता कार्यक्रमले वन संरक्षणसँगै समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताए। उनले सामुदायिक वन र निजी क्षेत्रबीचको सहकार्य वातावरण संरक्षणको प्रभावकारी नमुना भएको उल्लेख गरे।

वर्ल्डलिङ्कले आफ्नो सीएसआर कार्यक्रममार्फत देशका विभिन्न क्षेत्रमा शैक्षिक सामग्री वितरण, न्यानो कपडा सहयोग, वृक्षारोपण, सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन शिक्षाको पहुँच विस्तार, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धिजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणका लागि सरकारी, निजी तथा सामुदायिक क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउने सन्देश दिएको छ।

null

प्रतिक्रिया