शीर्षकहरू

उपत्यकामा संक्रमित बढेपछि तीन जिल्लाका अधिकारी बैठकमा, लकडाउन फेरी ?

उपत्यकामा संक्रमित बढेपछि तीन जिल्लाका अधिकारी बैठकमा, लकडाउन फेरी ?

काठमाडौं । पछिल्ला दिनमा राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेपछि उपत्यकामा लकडाउन लगाउने/नलगाउने वा अन्य उपाय के लगाउने बिषयमा छलफल जारी छ ।

संक्रमण फैलिएका क्षेत्रहरूमा सिल गरिएपनि संक्रमणकाे दर बढ्दै गएसँगै सम्भावित लकडाउनका विषयमा निरन्तर छलफल भइरहेको हाे ।

काठमाडौं जिल्लाको कोरोना संकट व्यवस्थापन समितिको बैठक मंगलबार दिउँसो बसिरहेको छ भने ललितपुरमा पनि यस्तै बैठक चलिरहेकाे छ ।

संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्लाले यसअघि नै भदौ ८ गतेसम्म जिल्ला प्रशासन कार्यालयका अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् भने भदौ १५ सम्म सामूहिक भेला हुनेलगायतका सम्पुर्ण गतिविधिमा प्रतिबन्द लगाइएको छ ।

उपत्यका आउनमा पनि कडाइ गरिएको छ । तर संक्रमण बढ्ने क्रम रोकिएको छैन । हालसम्म काठमाडौं उपत्यकामा १५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । तर पछिल्लो समय दैनिक एक सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।