aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

‘पसिना बगाउने र बुद्धि चलाउने युवा जमात स्वदेश फर्किदैछन्, अब देश बन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असार २०७७
Sunrise
HIb
LBEF

३० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत अनिलकेशरी शाह अहिले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । तत्कालिन ग्रिण्डलेज बैंक  (स्ट्याण्डर्ड चार्टर्ड) बाट बैकिङ करियर शुरु गरेका शाहलाई बैंकर भने नबिल बैंकले बनाएको हो । फोटोग्राफरमा शौकिन भिरकोटे राजाका पनाति शाह अहिले सबैले रुचाइएका सेलिब्रेटी पात्र हुन् । स्ट्याण्डर्ड चार्टर्ड हुँदै नबिल, मेगा र फेरि नबिल बैंकको जिम्मेवारी सम्हालेका शाहसँग बैकिङ क्षेत्रको वर्तमान अवस्था र बैंकिङ क्षेत्रले लिने अबको कार्यदिशाका बारेमा गरिएको आर्थिक बहसको सारः

कोभिड १९ को असर सकिएको छैन यो अवस्थामा नेपालको बैंकिङ क्षेत्र कसरी गुजर्रिरहेको छ ?

मैले पहिलादेखि नै भनिरहेको छु, वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो । जसरी हाम्रो मुटुले हाम्रा अंग अंगमा रगत पुर्याउँछ । त्यसरी नै वित्तीय क्षेत्रले अर्थतन्त्रको हरेक अंगमा पुँजी पुर्याउने काम गर्छ । कोभिडका कारण हरेक क्षेत्रमा कस्तो असर पुगेको छ, हामीले देखिरहेका छौं । पर्यटन, फर्मास्युटिकल उद्योगहरूमा परेको असर हामी सबैले हेरिरहेका छौं । 

त्यसैले म के भन्छु भने पैसा राख्ने सबैभन्दा सुरक्षित स्थान भनेको बैंक नै हो । नेपालके पहिलो निजी क्षेत्रको नबिल बैंकले विगत तीन दशकदेखि आम नगारिकको विश्वास कमाएको छ । यो विश्वास बैंकले कमाएको होइन नबिलियनहरूले कमाएका हुन ।

कोभिडको केहि दिन मानिसहरूले बैंकबाट अलि बढी पैसा निकाले । के हुन्छ, हुन्छ खानलाई पैसा त चाहियो भनेर रकम निकालेका हुन् । तर, विस्तारै आम मानिसमा बैंक प्रतिको विश्वास बढिरहेको अनुमान लगाउँन सकिन्छ । करिब ८० दिनको लकडाउनमा पनि बैंकहरू बन्द भएको छैनन् । एटीएम खुला छ बैंकका शाखाहरू खुला छन् । यसले गर्दा फेरि बैंकमा धमाधम पैसा आउन थालेको छ । 

अहिले डिपोजिट बढेको बढै छ । नबिल बैंकमा डिपोजिट आइरहेका कारणले सीसीडी रेसियो ७२ को हाराहारीमा पुगेको छ । म ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिरहेका मान्छे खुशी छु । बैंकिङ क्षेत्रमा म नाफा कमाउ भनेर मात्र आएको होइन । म यस क्षेत्रबाट केहि गरौं भनेर खटिरहेको छु । यो क्षेत्रमा हामीले अरु केही गर्न सकियो कि सकिएन थाहा छैन, तर विश्वास चाहिँ कमाएका रहेछौं ।

अहिले डिपोजिट बढेको बढै छ । नबिल बैंकमा डिपोजिट आइरहेका कारणले सीसीडी रेसियो ७२ को हाराहारीमा पुगेको छ । म ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिरहेका मान्छे खुशी छु । बैंकिङ क्षेत्रमा म नाफा कमाउ भनेर मात्र आएको होइन । म यस क्षेत्रबाट केहि गरौं भनेर खटिरहेको छु । यो क्षेत्रमा हामीले अरु केही गर्न सकियो कि सकिएन थाहा छैन, तर विश्वास चाहिँ कमाएका रहेछौं ।

आम मानिसले दुःख गरेर कमाएको रकम सुरक्षित छ भन्न चहान्छु । अहिले अधिकांश वाणिज्य बैंकहरूको वासलत राम्रो छ । अब यसो भनिरहँदा भने भोलिका दिन भने चुनौतीपूर्ण छन् । हामीले अब बैंकको ऋणको फोर्टफोलियोलाई तीन भागमा विभाजन गरेका छौं । रातो, एम्बर र  हरियोमा विभाजन गरेका छौं । रातो भनेको कोभिडका कारण धेरै प्रभावित क्षेत्र हो । एम्बर भनेको पहेँलो भनेको जस्तो उनीहरूलाई थोरैमात्र पनि सहयोग भयो भने माथि उठ्न सक्छन् । अब हरियो भनेको चाहिँ कोभिडले खासै असर नपरेको क्षेत्र हो । 

यस्तो ऋणलाई वर्गीकरण गरेर वित्तीय क्षेत्रको व्यवस्थापनका लागि रणनीति बनाइरहेका छौं । अनि राता र एम्बरमा परेका क्षेत्रहरूमा पनि हामी गएर कस्तो खालको राहत आवश्यक छ भनेर निरन्तर परामर्शमा छौं । 

महामारी भित्रपनि वित्तीय क्षेत्रले गरिरहेको यो व्यवस्थापनलाई कसरी निकास निकाल्ने योजना बनाउदै हुनुहुन्छ ?

यो आर्थिक वर्षमा त कुनै पनि सम्भावना छैन । यसरी हेर्दा सन् २०२३ सम्म पनि हाम्रो वित्तीय क्षेत्रको ऋणको रिकभरीमा नै जान्छ जस्तो लाग्छ । किन भने नेपालको आम्दानीका स्रोत जम्मा दुई वटा पर्यटन र रेमिट्यान्स हुन । यी दुईवटै स्रोतमा नकारात्मक असर परेको छ । अब विदेशी पर्यटनको मुभमेन्ट आउन त १८–२० महिनासम्म शुन्य नै हुन्छ । 

आन्तरिक पर्यटकहरू त अहिले नै उकुसमुकुस भइसक्नु भयो । आन्तरिक पर्यटनले गर्ने खर्च एउटाको खल्तीबाट अर्कोको खल्तीमा रकम जाने मात्र हो । अब अर्को रेमिट्यान्स हो । खाडी क्षेत्रमा मन्दी देखिन थालिसेकेको छ । खाडी क्षेत्रको पनि आम्दानीको स्रोत तेलको मूल्यमा देखिएको नकारात्मक वृद्धिका कारणले अब त्यहाँ नेपालीहरूको रोजगारी गुम्ने अवस्थामा आएको  छ । तर, म ढुक्क छु यो कोडिभ महामारीलाई सिल्भार होइन गोल्डेन लाइन बनाउन सक्छौं । अब विदेशमा रोजगारी गुमाउने युवाहरू स्वदेश फर्किदै छन् । 

पसिना बगाउने र बुद्धि चलाउने पनि नेपाल फर्फिदैछन् । अब सबै जना मिलेर यसमा योजना बनाउनु पर्ने भएको छ । खाडीमा पम्बरको काम गरेर नेपाल फर्किएको युवाले आफ्नो देशमा आफ्नै व्यवसाय सञ्चालन गर्न वित्तीय क्षेत्रबाट वित्तीय सहयोग मिलोस् र राज्यबाट पनि सहयोग पाइयोस् । 

पसिना बगाउने र बुद्धि चलाउने पनि नेपाल फर्फिदैछन् । अब सबै जना मिलेर यसमा योजना बनाउनु पर्ने भएको छ । खाडीमा प्लम्बरको काम गरेर नेपाल फर्किएको युवाले आफ्नो देशमा आफ्नै व्यवसाय सञ्चालन गर्न वित्तीय क्षेत्रबाट वित्तीय सहयोग मिलोस् र राज्यबाट पनि सहयोग पाइयोस् । 

त्यस्तै इजरायलमा कृषि पेशामा काम गरिहेका नेपाली युवाले अब नेपालमा नै आधुनिक रुपमा कृषि पेशा गर्ने वातावरण बनोस् । अर्को विदेशमा गएर उच्च तापक्रममा पसिना बगाएर ठूला ठूला संरचना बनाउने युवाहरू धेरै मात्रामा छन् । उनीहरूले अब नेपालमा पनि ठूल्ठूला पूर्वाधारमा पसिना बगाउन पाउने वातावरण बनाउन पर्यो । विदेशमा काम गरेर आएका युवालाई अब नेपालमा काम गर्दा पनि विदेशमा नै काम गरिरहेको जस्तो अनुभाव गराउन सक्नुपर्छ । 

ठूला ठूला आयोजनाहरू जहाँ ३० औं हजार युवाले काम पाउन र उनीहरू त्यही होस्टेलमा बसेर काम गर्ने वातावरण बनोस् । नेपालको पसिनाले खाडी बनिरहेको थियो भने अब आफ्ना युवाहरूले आफ्नै देश बनाउन पाउने गर्वको वातावरण हामीले बनाउनु पर्छ । कोरोनाको विपदलाई हामीले सपना साकार बनाउन तर्फ लागौं  । 

अब हामीसँग दुई वटा विकल्प छन् । एकातर्फ गयौ भने डाइमण्ड डिभिडेण्ड पाउँछौं । जुन नेपालीहरूको पसिनाले नै त्यो सम्भाव छ । अर्को तर्फ गयौ भने विद्रोह छ जुन अहिलेसम्म हामीले देखेको नै छैनौं, अब देख्छौं । 

कोडिभसँग सामाना गर्ने योजना बन्दै गर्दा नबिल बैंकका प्राथमिकताहरू चाहिँ के केमा पर्लान् ?

नबिल बैंकले ग्राहकको सुरक्षाका लागि विभिन्न अनलाइन प्रडक्टहरू पनि ल्याएको छ । सकेसम्म ग्राहकले आफ्ना वित्तीय आवश्यकता अनलाइन वा डिजिटल प्रविधिको प्रयोगबाट पुरा गराउनका लागि डिजिटल बैंकिङमा नबिल बैंकले प्रोत्साहन गरेको  हो ।  नबिल बैंकले ‘नबिल इलेक्ट्रोनिक पेमेन्ट गेटवे’ (ईपीजी) भन्ने सेवा सार्वजनिक गरेको छ । जुन सेवा नै अनलाइन बैंकिङको फुल प्याकेज हो । 

अर्को अनलाइनबाटै कसरी बैंक खाता खोल्ने र सञ्चालन गर्ने भनेर ‘जेन– एन’ भन्ने बचत खाताको प्रडक्ट ल्यायौं । यो अकाउन्टमा चाहिँ युवालाई फोकस गरेर ल्याएका हौं । युवाहरूले प्रविधिको प्रयोग बढी गर्ने भएकोले सो  प्रडक्ट ल्याएका हौं । यसको विषेशता भनेको घरमा नै बसेर खाता खोल्न र आफ्ना सम्पूर्ण विवरण भर्न सकिने हो । 

यो खाता खोल्ने वित्तिक्कै २ जीवी डाटा एनसेल र एनटीसीबाट फ्रि उपलब्ध हुने व्यवस्था नबिलले मिलाएको छ । साथै १३ घातक रोगको बीमा पनि यसैमा समावेश गरेका छौं ।

त्यसमा अनलाइन नै रकम ट्रान्फर गर्न पनि सकिन्छ । यसबाट अनलाइन भुक्तानीहरू पनि गर्न सकिन्छ । यो खाता खोल्ने वित्तिक्कै २ जीवी डाटा एनसेल र एनटीसीबाट फ्रि उपलब्ध हुने व्यवस्था नबिलले मिलाएको छ । साथै १३ घातक रोगको बीमा पनि यसैमा समावेश गरेका छौं । अहिले जेन–एन प्रडक्टमा सयौ खाताहरू खुलिरहेका छन् । युवा वर्गमा यो अकाउन्ट चर्चित भइरहेको छ । हामीले गत जुन सातमा यो योजना ल्याएका हौं ।

तर, यो छोटो समयमा पनि धेरै युवाहरू यसबाट लावान्भित  भइसक्नु भएको छ । अब हामी डिजिटल प्रविधि सहर गाउँमा नबिल बैंकको फोकस रहने छ । यो खाता देशका सबै क्षेत्रहरूबाट खोलिरहेका छन् । यसको मतलत अब बैंकिङ भनेको अर्थतन्त्रको मुटु हो भन्ने कुरा सबैले बुझिसकेका छन् । 

बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री बनाउने भन्दै गर्दा प्रविधिमाथि पनि कतिको विश्वास गर्ने भन्ने प्रश्न पनि उठिरहेको छ नि त ?

अहिले करप्सन लेस भएको क्षेत्रमध्य वित्तीय क्षेत्र देखिएको छ । हामीले राम्रा कर्मचारी पाइरहेका छौं । कर्मचरीको भारमा बैंक चल्छ कर्मचारीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले दिइरहेको सेवा सुविधा अन्य क्षेत्रको भन्दा आकषर्ण नै छ । त्यसैले कर्मचारीले भ्रष्टाचार गर्छन् भन्ने ठाउँ कम छ । अब प्रविधिको कुरा गर्दा सबैले राम्रोमध्य अझ राम्रो सफ्वेयर लगाउने हो । 

प्रविधिमा भने हामीले कम्प्रमाइज गर्न हुँदैन । धेरै देशमध्य नेपालमा साइवर क्राइम हुँदा हुँदै अवस्थामा पक्राउ गरिएको छ । विकसित देशहरूमा ठूलो साइबर क्राइम हुने गरेको छ । बैकिङ क्षेत्रले यसबाट बच्ने सर्वोपरी उपाय खोजिरहेको छ र भविष्यमा पनि खोजिरहने छ ।

अब यहाँले भन्नु भएको जस्तै अब देशमा आर्थिक विकासका नयाँ आयामहरू खुल्दै छन् । नबिल बैंकको लगानीको प्राथमिकता के केमा हुन्छ  ?

हामीले ऋणको पोर्टफोलियो जसरी वर्गीकरण गरेका छौं । त्यसै गरी नयाँ गभर्नर सावले पनि हामीलाई एउटा गुरु मन्त्र दिनुभएको छ । यो गुरुमन्त्र भनेको ग्राहकलाई पनि बचाउने र बैंकलाई पनि बच्ने हो । अहिलेको बेलामा हामीले नाफा मात्र हेर्नु हुँदैन । हामीसँगसँगै बैंक तथा वित्तीय संस्थासँग जोडिएकाहरूलाई पनि कसरी बचाउने भन्ने हो । हामीले ऋणको वर्गीकरण गरेर एम्बरमा परेकाहरूलाई प्रोत्साहन गरेर हरियोमा पुर्याउने योजना हो । 

रातोमा हुनेहरूलाई भने बैंकले मात्र हरियोमा ल्याउन सम्भव हुँदैन होला । त्यसमा  सरकारी वा अन्य क्षेत्रको सहयोगमा उनीहरूलाई पनि हरियोमा ल्याउने प्रयास गर्नुपर्छ । साना तथा मझौला व्यापारीलाई सरकारले दुई प्रतिशत ब्याज घटाउ भन्यो हामीले घटाइ पनि दियौं तर ग्राहकहरूले भनिरहनु भएको छ यो दुई प्रतिशत राहतले हामीलाई के हुन्छ र ? हामीलाई प्रश्न गरिरहनु भएको छ । 

रातोमा हुनेहरूलाई भने बैंकले मात्र हरियोमा ल्याउन सम्भव हुँदैन होला । त्यसमा सरकारी वा अन्य क्षेत्रको सहयोगमा उनीहरूलाई पनि हरियोमा ल्याउने प्रयास गर्नुपर्छ । साना तथा मझौला व्यापारीलाई सरकारले दुई प्रतिशत ब्याज घटाउ भन्यो हामीले घटाइ पनि दियौं तर ग्राहकहरूले भनिरहनु भएको छ यो दुई प्रतिशत राहतले हामीलाई के हुन्छ र ? हामीलाई प्रश्न गरिरहनु भएको छ । 

उहाँहरूको अर्को माग के छ भने तपाई सक्नुहुन्छ भने यति महिनाको भाडा घटाइ दिनुहोस् भनेर भनिरहनु भएको छ । अर्को पक्षले मसँग भएका कर्मचारीलाई यति महिनाको तलब खुवाइ दिनुहोस अनि मलाई राहत हुन्छ भनिरहनु भएको छ । ब्याजमा छुटले ठूला व्यवसायलाई राहत पुग्ला तर, साना तथा मझौलालाई त्यो राहत हुनेछैन । 

यहाँ ठूला उद्योग पनि उहाँहरूको ठूला मेहनतले ठूला हुनुभएको छ उहाँहरूलाई पनि त राहत चाहिएको छ । यसैले अब यी सबैलाई राहत दिनका लागि सबै मिलेर राहतको गुरु योजना बनाउन जरुरी छ । यहाँ अब बैंकले मात्र राहत दिएर नेपालको अर्थतन्त्र जोगिन्छ भन्ने मलाई लाग्दैन । बैंकले पनि राहत दिन पर्छ तर, त्यो राहत दिने भनेको रकम पनि निक्षेपकर्ताहरूको रकम हो । निक्षेकर्ताको निक्षेपलाई पनि सुरक्षित र विश्वास राख्दै राहत दिन पर्ने बाध्यता छ । अबको डेढ वर्ष जति निजी क्षेत्र, बैंकर र सरकार मिलेर अघि बढ्नु पर्छ ।

नबिल बैंक ठूलो औद्योगिक घरानासँग जोडिएको बैंक र निजी क्षेत्रको पहिलो बैंक यो ठूलो औद्योगिक घरानासँग जोएिर काम गर्दा कतिको सहज भइरहेको छ नि ?

मैले पहिलो पटक सीईओ हुँदा पनि र अहिले हुँदा पनि हाम्रो पहिलो स्ट्रेन्थ भनकै जोइन्टभेन्चर पार्टर हो भनेको थिए । जोइन्टभेन्चर ग्रुपबाट चौधरी ग्रुप बोर्डमा बस्छ । आज यो लेबलमा को होला मलाई श्रीलंकाको अर्थमन्त्रीसँग कुरा गर्ने समय मिलाउनका लागि २४ देखि ४८ घण्टाभित्र समय मिलाउने, त्यस्तै भारत, भेयनाममा होस् वा युरोपका देशमा होस् । मेरो जोइन्टभेन्चर पार्टनरको त्यो क्षमता छ । 

अहिलेको अवस्थामा विदेशबाट पनि लगानी ल्याउन पर्यो भने यो भन्दा उक्त माध्यम अरु हुनै सक्दैन । अब नेपालमा व्यापार गरेर बांगालादेश, युरोपमा लाभांश पाउने होइन अब नेपाली बैंकले विदेशमा व्यापार गरेर नेपालमा लाभांश भित्र्याउनु पर्यो भन्ने सोच हाम्रो हो । 

३५ वर्ष नबिलले नेपालबाट विदेशमा लाभांश पठायो अब विदेशमा शाखा खोलेर विदेशबाट नेपालमा लाभांश ल्याउने बनाउने बेला भएको छ । नबिलको जोइन्टभेन्चर पार्टरको क्षमताका कारण हामीले त्यो गर्नसक्छौं । अब विदेशमा नबिल बैंकको ढोका खोल्ने क्षमता हाम्रो छ । अब त्यहाँबाट लाभांश कमाएर नेपालमा ल्याउने क्षमता ममा हुन पर्यो । यो ढोका खोल्न तर्फ हामी लागि सकेका थियौं कोभिडका कारणले यो बीचैमा अड्कियो ।
नबिल बैंक सबै क्षेत्रमा पहिलो नै हुँदै आइरहेको थियो । अहिले पहिलो नम्बरको बैंकबाट पछि पर्यो, किन होला ?

अब वित्तीय क्षेत्रको कुन चाहिँ मापदण्ड हेर्नुहुन्छ भन्ने हो । अहिले मर्ज गरेर आएका संस्थाहरूको पुँजी धेरै नै भएको छ । यसभन्दा पहिला म सीइओ भएकै संस्था धेरै संस्था मर्ज गरेर शाखा सञ्जालमा नबिलभन्दा ठूलो भइसक्यो । बैंक ठूलो र सानोभन्दा पनि यहाँका लगानीकर्ता र उनीहरूले पाउने लाभांश हेनुपर्छ । संस्था ठूलो बनाएर मात्र केहि हुँदैन घाँटी हेरर निल्नुभन्ने उखान छ नि ।

नबिल पनि ठूलो हुँदैछ । अब मर्ज गर्दै सेयर होल्डर थप्दै गएर स्थानीय सेयरहोल्डर र विदेशी लगानीकर्ताले नबिलको मुद्दती खातामा राखेको ब्याजभन्दा पनि कम लाभांश आयो भन्ने अवस्था म हुन दिन्न । हामीले पनि मर्जमा नजाने भनेका छैनौ । राम्रो कुनै वित्तीय संस्था आएमा हामी पनि मर्ज गर्न तयार छौं । नबिल बैंकको चाहिँ अरेन्ज म्यारिज भन्दा पनि लव म्यारिज हुन्छ । नबिल बैंकको पुँजी अहिलेको हाम्रो व्यापारलाई ठिक छ । 

मर्ज गर्न राष्ट्र बैंकले प्रोत्साहन गरिहेको छ । नबिल बैंक मर्ज गर्ने पार्टनर पनि खोजिरहेको छ ।  किन यति राम्रो बैंकमा मर्ज हुन वित्तीय संस्थाहरू आइरहेका छैनन् ?

नबिलमा ठूलो विदेशी लगानीकर्ता भएका कारणले पनि मर्ज गर्न सहज छैन । नबिलमा लगानीकर्ता भइदिइको भए यो समस्या आउँदैन थियो । अब विदेश जोइन्ट भेञ्चरको लगानी ५० प्रतिशत रहेको छ मर्ज भएपछि पनि ५० प्रतिशत चाहिने होला । मर्ज गरेर हामी शाखा सञ्जालमा ठूलो भयौ, पुँजी ठूलो भयो भन्नु भन्दा पनि बैंकका लगानीकर्ताले सधै माया गरिरहने बैंक बन्न पर्यो भन्ने नै हो । 

त्यसमा पनि लगानीकर्ताको मनोबल कता पुग्छ । त्यसपछि मलाई उहाँहरूले प्रश्न गर्न थाल्नु हुन्छ जुँगा मुठार्दै अन्तरवार्तामा मर्ज गर्छु भनेको यहि दिन देख्नलाई हो ? 

अब यही कारणले नबिल बैंकको संस्थापक सेयरकै कुरा गर्नुहोस् र अन्यको कुरा गर्नुहोस् । अनि मर्ज भएपछि त्यो सेयरको मूल्य पनि तल झर्ने होला त्यसमा पनि लगानीकर्ताको मनोबल कता पुग्छ । त्यसपछि मलाई उहाँहरूले प्रश्न गर्न थाल्नु हुन्छ जुँगा मुठार्दै अन्तरवार्तामा मर्ज गर्छु भनेको यहि दिन देख्नलाई हो ? 

बैंकको सीईओ भइसकेपछि मेरा लगानीकर्तालाई विश्वास दिलाएर उचित लाभांश दिने पनि मेरो दायित्व हो  । र, हामी लगानीकर्ताको लगानीको प्रतिफल निश्चित गरेपछि मर्ज गर्छौ । कसैको इगो र टेबुल ठोकेर हामी ठूलो बैंक भन्नलाई चाहिँ हामी मर्ज गर्दैनौं । नबिलले खोजेको भनेको १ प्लस १ इजिकल्टू इलाभेन हुन पर्छ भन्ने हो ।  

तपाईले विदेशी, विदेशी संयुक्त लगानी र स्थानीयस्तरका लगानीकर्ताहरूको बैंकमा काम गर्नु भयो । तर, काम गर्न भने कस्तो बैंकमा सहज हुँदो रहेछ ?

मेरो अनुभवमा कुनै पनि संस्था बोर्डले भनेको वा प्रमुख कार्यकारी अधिकृतले भनेको मात्रै हुनुपर्छ भन्ने कुरा राम्रो होइन । व्यवस्थापन र सञ्चालक भनेको चेक एण्ड ब्यालेन्स पनि हो । यसमा कसैको भूमिका के हो भन्ने कुरा बुझ्नु पर्छ । स्ट्यान्डर्ड चार्टर्डमा हुँदा छुट्टै नम्स थियो । एउटा क्लियारिटी थियो । त्यहाँ बोर्डमा बस्ने सबै कर्मचारी हुन् ।

त्यसमा हामी र बोर्डबीचमा कुनै पनि भिन्नता थिएन । त्यहाँ पनि काम गर्ने प्रेसर चाहिँ हुन्थ्यो । पहिलो पटक नबिलमा आउँदा अर्कै पे्रसर थियो । बैंकलाई रुपान्तरण गरेर एक नम्बरको बैंक बनाउने प्रेसर थियो । मेगामा जाँदा त सञ्चालन अनुमति नै थिएन । त्यहाँ टिम बनाउने देखि सम्पूर्ण काम गर्नु पर्ने चुनौती थियो । त्यो अवस्थाबाट शुरु भएको बैंकले अहिले ‘बैंक अफ द इअर’ को अवार्ड पनि पाइसक्यो म ढुक्क र खुशी छु, काम राम्रै गरेका रहेछु भनेर ।

नबिलमा फेरि आइसकेपछि अब अन्तर्राष्ट्रिय स्तरमा लगेर नेपालको बैंक चिनाउने चुनौती छ । काम गर्ने क्रममा यो गर वा त्यो नगर भन्ने प्रेसर तथा अवरोध चाहिँ कुनैमा पनि आएन । प्रेसर कुनै छलफल हुन सक्ला । तर, त्यसमा मैले भनेको कुरामा फैसला हुन पनि सक्छ उहाँहरूले भनेको कुरामा निर्णय पनि हुनसक्छ । त्यस्तो अवस्थमा दुबै जनाको नभएर अर्कै नयाँ निर्णय पनि हुनसक्ला त्यो निर्णयलाई कार्यान्वयमा लिएर जाने काम चाहिँ हुनुपर्छ । बोर्ड र व्यवस्थापन बीचमा एक किसिमको सन्तुलन हुनुपर्छ । 

नबिल बैंकको सञ्चालकमा राष्ट्र बैंकका पूर्व गभर्नरदेखि पूर्व प्रशासक तथा  वित्तीय क्षेत्रकै सबै व्यक्तिहरूको आकर्षण बन्नुको मुख्य कारण के होला ?

नबिल बैंकमा ग्राहकले किन खाता खोल्छन् भन्दा यसको ब्राण्डसँग जोडिन चाहेकोले हो । नेपालको सन्दर्भमा नबिल बैंकको ब्राण्ड धेरै ठूलो छ । नेपालका तीनवटा बैंकको नाम लिनुभन्नु भयो भने नबिल बैंक आउँछ । अर्को नबिल बैंकमा काम गर्ने टिम राम्रो छ । अर्को  प्रोफेस्नालिजम् हो । यहाँ कसैले राम्रो काम गर्छ भने उसको प्रगती निश्चित हुन्छ । चाकडी गरेर माथि जान्छु भन्ने समूह चाहिँ नबिलमा टिक्दैन ।

मलाई बैंकिङ सिकाएको तत्कालिन ग्रिण्डलेज बैंक (हालको स्ट्याण्डर्ड चार्टर्ड) ले हो भने बैंकर बनाएको नबिल बैंकले हो । म अहिले स्ट्याण्डर्ड चार्टर्डमा नै भइरहेको भए यसरी अन्तरवार्ता दिइरहेको हुँदैन थिए । यो अन्तरवार्ता दिनेसम्मको बनाएको नबिल र मेगा बैंकले नै हो । 

व्यवसायी मान्छेलाई चाहिने पैसाभन्दा पनि पहिचान हो । अब मैले ग्रिनल्याण्ड बैंक पहिलो पटक असिस्टेन्टको जागीर खान जाँदा खेरी हजुरबुबालाई दाम राखेर ढोग्दै गर्दा उहाँले आशिर्वाद दिदाँ हामीलाई भगवानले गरेर दुई छाक खान जति भएपनि पुगेको छ । काम गर्दा आफ्नो परिवारको नाममा कलंक लाग्ने काम चाहिँ कहिल्यै नगर्नु भनेर आशिर्वाद दिनु भएको थियो । बोरु कामै नगर समेत भन्नु भएको थियो । 

मौद्रिक नीति कस्तो आओस् भन्ने चाहना राख्नु भएको छ ?

२७ वटा वाणिज्य बैंकको फाइदाभन्दा पनि अहिलेको समस्या मौद्रिक नीतिमा झल्किनु पर्छ । अर्थतन्त्र धेरै समस्यामा परेको छ । म वित्तीय क्षेत्रलाई बचाउन मौद्रिक नीति ल्याउनुहोस् भन्दिन । अर्थतन्त्र बचाउने मौद्रिक नीति आउनु पर्छ । बैंकहरूले ऋणको पोर्टफोलियोमा गरेको वर्गीकरणमा परेका रातो र एम्बरलाई कसरी राहत दिने भन्ने प्याकेज आउनु पर्छ  । अहिलेको गभर्नर साव बैंक र बैंकर बुझेको हुनुहुन्छ । त्यसैले यी सबै सम्बोधन हुने खालको मौद्रिक नीति ल्याउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं । 

तपाई बैंकर नभएको भए के बन्नु हुन्थ्यो ? 

म यदि बैकर नभएको भए  फोटोग्राफर बन्थे र मैले खिचेको फोटो विश्वका प्रख्यात प्रख्यात ठाउँ र मुख्य मुख्य व्यक्तिको कोठमा झुण्डिएको हुन्थ्यो । अहिले पनि म बस्ने चेयरको पछाडी क्यामरासहितको ब्याग छ । मेरो हबी फोटो खिच्ने हो भने पेशा बैकर ।

प्रतिक्रिया दिनुहोस