aarthiknews.com मंगलबार, २३ असार २०७७   Tuesday, 07 July, 2020
 
Citizen life

लकडाउनको नयाँ मोडालिटी तयार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
Sunrise
HIb
लकडाउनको नयाँ मोडालिटी तयार
LBEF

काठमाडौं । सरकारले ३२ जेठसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेका छ । ७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । संक्रमित भएकाको संख्या सोमबार नै १८ सय नाघिसकेको छ ।

लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ । यसैबिच कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी नयाँ कार्ययोजनाको खाका बनेको छ । 

कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योग-कलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको जनाइएको छ । समाचार स्रोतका अनुसार कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको छ । 

नयाँ खाकाबारे छलफल गर्न आज कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । नयाँ खाका समितिबाट पारित भए यसलाई अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिनेछ । 

प्रतिक्रिया दिनुहोस