काठमाडौं । आज आइतबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ । यस दिन सुनको भाउ तोलाको ८ हजार २०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यसअघि शुक्रबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ रहेकोमा आइतबार ३ लाख ८ सय रुपैयाँमा झरेको हो ।
यता चाँदीको मूल्य पनि तोलाको ३३५ रूपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया