शीर्षकहरू

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै, टस हारेर नेपाल फिल्डिङमा

एसियन गेम्स छनोटको सेमिफाइनलमा नेपाल र ओमान भिड्दै, टस हारेर नेपाल फिल्डिङमा

काठमाडौं। एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ। सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस जितेको ओमानले पहिले ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको हो।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेको छ। नेपाल लगातार दुई प्रभावशाली जितको आत्मविश्वाससहित मैदानमा उत्रिएको हो।

नेपालले समूह चरणमा चीनलाई २२१ रन र मलेसियालाई १६७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। प्रतियोगिताको नियमअनुसार सेमिफाइनलमा पुगेका चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्।

समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट सुरक्षित गरेका छन्। अब नेपाल उपाधिनजिक पुग्न ओमानलाई पराजित गर्ने लक्ष्यमा छ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आइतबार नै हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

प्रतिक्रिया