काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब–भत्ता २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्था लागू भएमा विभिन्न तहका कर्मचारीहरूको मासिक तलबमा उल्लेखनीय वृद्धि हुने देखिएको छ। हालको आधार तलबअनुसार सबै तहमा समान रूपमा २१ प्रतिशत वृद्धि लागू गर्दा मुख्य सचिवको तलब करिब ९९ हजार ६५४ रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
त्यसैगरी सचिवको तलब ९६ हजार ३०९ रुपैयाँ, सहसचिवको ८१ हजार ९०४ रुपैयाँ, उपसचिवको ७० हजार १५९ रुपैयाँ र शाखा अधिकृतको तलब ५८ हजार ९७२ रुपैयाँ पुग्नेछ। नायब सुब्बाको तलब ४२ हजार २३ रुपैयाँ, खरिदारको ३९ हजार ८११ रुपैयाँ तथा कार्यालय सहयोगीको तलब ३१ हजार ८८१ रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
सरकारले तलब वृद्धि सार्वजनिक सेवा प्रणालीलाई आकर्षक र प्रभावकारी बनाउने उद्देश्यले गरिएको जनाएको छ। बजेट वक्तव्यमा कर्मचारीको मनोबल वृद्धि र सेवा प्रवाह सुधारमा यो निर्णयले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया