शीर्षकहरू

कालंगा हाइड्रोकाे आईपीओमा ११ गुणा बढी आवेदन

कालंगा हाइड्रोकाे आईपीओमा ११ गुणा बढी आवेदन

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ११.०७ गुणा बढी आवेदन परेकाे छ । आईपीओमा भर्ने अन्तिम दिन आज जेठ १३ गते बुधबार साँझ ५ बजेसम्म ११.०७ गुणा बढी आवेदन परेकाे हाे । 

कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता आईपीओ खुलाएकाे थियाे । अन्तिम दिनसम्म २९ लाख १० हजार ९२६ जनाले ३ कराेड १७ लाख ८७ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । 

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेकाे छ।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ। साथै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो।

प्रतिक्रिया