शीर्षकहरू

आईपीओ पाइपलाइनमा जलविद्युत् कम्पनीको दबदबा, होटलदेखि उत्पादनमूलक क्षेत्रसम्म दर्जनौँ कम्पनी तयारीमा

आईपीओ पाइपलाइनमा जलविद्युत् कम्पनीको दबदबा, होटलदेखि उत्पादनमूलक क्षेत्रसम्म दर्जनौँ कम्पनी तयारीमा

काठमाडौं । नेपाल धितोपत्र बजारमा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि विभिन्न क्षेत्रका दर्जनौँ कम्पनीहरू तयारी अवस्थामा रहेका छन् । नेपाल धितोपत्र बोर्डको सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै कम्पनी जलविद्युत् क्षेत्रका रहेका छन् भने होटल, उत्पादनमूलक, लगानी र लघुवित्त क्षेत्रका कम्पनीहरू पनि आईपीओ ल्याउने तयारीमा छन् ।

जलविद्युत् क्षेत्रमा लोअर ह्युग्वा, सुपर मकालु, मयुर खोला, पञ्चकन्या, हिमपर्वत, कालीगण्डकीलगायतका कम्पनीहरू आईपीओ पाइपलाइनमा छन् । केही कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढीको शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

उत्पादनमूलक क्षेत्रमा जगदम्बा स्टिल, सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्पिनिङ, शिवम् होल्डिङ्स, गोदावरी स्टिल्स, हिमालयन डिस्टिलरीलगायत कम्पनी आईपीओ तयारीमा देखिएका छन् ।

त्यस्तै होटल तथा पर्यटन क्षेत्रमा याक एण्ड यती समूहअन्तर्गतका कम्पनी, होटल सजिना, स्वर्णिम होटल, डोल्पो भिलेज रिसोर्ट, बुद्धनीलकण्ठ हेरिटेजलगायत कम्पनीले पनि सर्वसाधारणमा शेयर जारी गर्ने योजना बनाएका छन् ।

लगानी समूहअन्तर्गत शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट, बोधन इन्भेष्टमेन्ट र सिड इन्भेष्टमेन्टजस्ता कम्पनी रहेका छन् भने लघुवित्ततर्फ प्रोटेक्टिभ, स्टार र लिबर्टी माइक्रोफाइनान्स आईपीओको तयारीमा छन् । विश्लेषकहरूका अनुसार ऊर्जा र उत्पादनमूलक क्षेत्रमा ठूलो मात्रामा आईपीओ आउन लागेकाले आगामी दिनमा नेपाली पूँजीबजार थप चलायमान हुने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया