काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता शेयर बाँडफाँट भइसकेको छ। साथै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो।
हाल कम्पनीले बाँकी रहेको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आर्थिकन्यूज
प्रतिक्रिया