शीर्षकहरू

नेपालमा पेट्रोल कति छ पत्ता लगाउन नै दुई वर्ष लाग्ने

नेपालमा पेट्रोल कति छ पत्ता लगाउन नै दुई वर्ष लाग्ने

काठमाडौं । पेट्रोलियम पदार्थ अन्वेषणको लागि अझै २ वर्ष समय लाग्ने भएको छ । दैलेखमा सुरू गरिएको खानीको लागि कति पेट्रोल छ भनेर पत्ता लगाउनको लागि २ वर्ष लाग्ने भएको छ । 

पेट्रोलियम क्षेत्रलाई लक्षित गरेर दैलेखमा काम तिब्र भैरहेको छ । चीन सरकारको ‘चाइना जियोलोजिकल सर्भे’ र नेपालको खानी तथा भूगर्भ विभागले गत वैशाखमा दैलेखेको शीरस्थानमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरेका थिए । । 

नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भनेको तराई र चुरे पर्वत शृङखला रहेको छ । त्यहा भौगोलिक बनावट र इतिहास भएको भारतको आसाम र पाकिस्थानको पट्वारमा अहिले पनि तेल उत्पादन भैरहेको छ । त्यसकारण हाम्रो पनि त्यहाँ तेल बगिरहेको हुनाले  सम्भावना रहेको  खानी तथा भुगर्भ पेट्रोलियम पदार्थका उप महानिर्देशक सुधिर रजौरेले बताए । 

उनले भने ‘नेपालको अन्य क्षेत्रमा पनि पेट्रोलियम पदार्थको सम्भावना भए पनि हालको लागि खास काम दैलेखमा भैरहेको छ । दैलेखमा ग्यास बलिरहेको छ,  तेल खोलामा बगिरहेकोे छ । त्यहाँ कति तेल छ भन्ने हेर्नेको लागि धेरै गाह्रो र धेरै खुर्चिलो रहेको छ’ ।  

दैलेखमा साढेचार किलोमिटरसम्म  डिप गर्नु पर्ने भएकोले त्यो डिप कहाँ नेर गर्दा उपयुक्त हुन्छ भनेर पत्ता लगाउनलाई अरू काम भैरहेको छ । पेट्रोलियम पदार्थ कहाँ छ र कहाँ डिप गर्दा उपयुक्त हुन्छ भनेर पत्ता लगाउनको लागि डिप गरिरहेका छौ । साढेचार किलोमिटर डिप गरेपछि भेटिन्छ भन्ने आस रहेको रजौरेले बताए । 

पेट्रोलियम पदार्थको काम सुरू गरेको लगभग एक वर्ष भैसकेको छ र यसको सम्पूर्ण काम सकेर पेट्रोलियम पदार्थ पत्ता लगाउनको लागि २ वर्ष कुर्ने पर्ने उनले बताए । 

पेट्रोलियम पर्दार्थको लागि सम्पूर्ण बजेट चीन सरकारको रहेको छ भने अनुगमन, डाटा अप्डेट गर्ने र कर्मचारीलाई तलब दिने काम नेपाल सरकारको रहेको रजौरेले   बताए ।  यसको लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा डेढ अर्ब बजेट छुट्याएको छ भने  चीन सरकाले सम्पूर्ण कामको लागि सवाँ २ अर्ब छुट्याएको उनले जानकारी दिए । 

योजनाले नेपालको चुरेभन्दा मुनिको सबै तराईको भूभागबाट पेट्रोलियम पदार्थको उत्खनन् हुन सक्ने अनुमान गरेको छ । पेट्रोलियम बन्ने स्रोत पहाडी भूभाग हो भने, चुरे सिल्ड क्षेत्रमा पर्छ ।


 

प्रतिक्रिया