शीर्षकहरू

अचानक कर्मचारी निष्कासनमा पर्दा एयर इन्डियाको उडान प्रभावित

अचानक कर्मचारी निष्कासनमा पर्दा एयर इन्डियाको उडान प्रभावित

एजेन्सी । एयर इन्डिया एक्सप्रेसले बिदामा गएका २०० भन्दा बढी चालक दलका सदस्यमध्ये ३० जनालाई अचानक जागीरबाट बर्खास्त गरेको छ । एयरलाइन्सले बाँकी कर्मचारीलाई आज अपराह्न ४ बजेसम्म काममा फर्किन भनेको छ । त्यसो गर्न असफल भएमा सबैलाई बाहिर निकालिनेछ।

यी सबै कर्मचारी वैशाख ७ गते राति अचानकसँगै बिदामा गएका थिए । जसका कारण एयरलाइन्सले मंगलबार राति र बुधबार एक सय उडान रद्द गर्नुपरेको थियो ।  बिहीबार पनि हालसम्म ८५ उडान रद्द भएका छन् ।

भारतको १० शहरहरू नयाँ दिल्ली, श्रीनगर, गुवाहाटी, बेंगलुरु, गोवा, तिरुवनन्तपुरम, कोच्चि, कालीकट, कुन्नूर र कोझिकोड लगायतका १५ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।

 एयरलाइन्ससँग ७० प्लस विमान छन्। दैनिक ३०० भन्दा बढी उडान र हप्तामा २५०० उडानहरू सञ्चालन हुन्छन्। देशका ३१ सहर र विदेशमा १४ वटा उडान छन् ।