शीर्षकहरू

भारतमा विमानमा प्रयोग हुने इन्धनमा निकासी महसुल शून्य

कच्चा तेलको निर्यातमा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क

भारतमा विमानमा प्रयोग हुने इन्धनमा निकासी महसुल शून्य

एजेन्सी । भारत सरकारले स्वदेशमा उत्पादित कच्चा तेलको निर्यातमा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क अर्थात विन्डफल कर घटाएको छ । नियमित समीक्षामा विन्डफल कर प्रति मेट्रिक टन ८ हजार ४ सयबाट घटाएर ५ हजार ७ सय रुपैयाँ प्रति मेट्रिक टन गरेको हो । यो परिवर्तन आज अर्थात मे १६ गतेदेखि लागू हुने छ । 

यसअघि सरकारले गत मे १ तारिक प्रति मेट्रिक टन ९ हजार ६ सय रुपैयाँबाट घटाएर ८ हजार ४ सय रुपैयाँ प्रति मेट्रिक टन गरेको थियो । यसअघि विन्डफल कर लगातार बढ्दै आएको थियो । एक महिनाअघि वैशाख १६ गतेको समीक्षामा विन्डफल कर प्रतिटन ६ हजार ८ सयबाट बढाएर ९ हजार ६ सय रुपैयाँ पुर्याएको थियो ।

अर्कोतर्फ सरकारले डिजेल, पेट्रोल र एभिएसन टर्बाइन फ्युल (एटीएफ) अर्थात विमानमा प्रयोग हुने इन्धनमा निकासी महसुल शून्यमा राख्ने निर्णय गरेको छ ।

यसको अर्थ स्वदेशी रिफाइनर्सलाई डिजेल, पेट्रोल र एटीएफ निर्यातमा दिँदै आएको छुट भविष्यमा पनि जारी रहनेछ । यसबाट रिफाइनरी सञ्चालन गर्ने र डिजेल, पेट्रोल र एटीएफ जस्ता परिष्कृत उत्पादनहरू देश बाहिरको बजारमा बिक्री गर्ने स्वदेशी कम्पनीहरूलाई फाइदा पुग्ने छ।