शीर्षकहरू

ईरानी राष्ट्रपति र विदेशमन्त्री चढेको जहाजको भग्नावशेष भेटियो, मृत्युको आशंका

ईरानी राष्ट्रपति र विदेशमन्त्री चढेको जहाजको भग्नावशेष भेटियो, मृत्युको आशंका

काठमाडौं । ईरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री  हुसेन अमीरा बदुल्ला हियान  चढेको हेलिकोप्टरको भग्नावशेष भेटिएको छ । हेलिकोप्टर आइतबार दुर्घटना भएकोमा  अजरबैजानप्रान्त नजिकैको पहाडी क्षेत्रमा दुर्घटना भएको थियो ।

बीबीसीले उल्लेख गरेअनुसार खोज टोलीले दुर्घटनास्थलमा हेलिकोप्टर भग्नावशेष अवस्थामा फेला पारेको त्यहाँको सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

राष्ट्रपति  रायसी र विदेशमन्त्री  हियान सन् १९६० मा बनेको बेल २१२ हेलिकोप्टरमा यात्रा गरिरहेको सैन्य विश्लेषक सेड्रिक लेइटन उल्लेख गरेका छन् ।

दुर्घटनास्थलमा हेलिकोप्टरको भग्नावशेष भेटिएपछि राष्ट्रपति रायसीसहित हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको आशंका गरिएको छ ।