शीर्षकहरू

पतञ्जलीको उत्पादन गुणस्तरहीन, तीन जना जेल चलान

पतञ्जलीको उत्पादन गुणस्तरहीन, तीन जना जेल चलान

एजेन्सी ।  भारतको पतञ्जलीले गुणस्तरहिन सामान विक्री गरेको भन्दै कारबाही गरेको छ । भारतको पतञ्जलीको सोन पापडी गुणस्तर परीक्षणमा अनुत्तीर्ण भएको मुद्दामा उत्तराखण्डको एक अदालतले कम्पनीका सहायक महाप्रबन्धकसहित तीन जनालाई ६ महिनाको जेल सजाय सुनाएको छ । 

तञ्जलीको सोन पापडी गुणस्तर परीक्षणमा अनुत्तीर्ण भएको मुद्दामा उत्तराखण्डको एक अदालतले कम्पनीका सहायक महाप्रबन्धकसहित तीन जनालाई ६ महिनाको जेल सजाय सुनाएको छ । खाद्य सुरक्षा र मानक ऐन २००६ को धारा ५९ अन्तर्गत यो सजाय दिइएको हो।

यी तीन जनामा ​​अभिषेक कुमार, सहायक महाप्रबन्धक, पतञ्जली फूड एण्ड हर्बल पार्क, लक्सर, अजय जोशी, सहायक प्रबन्धक, कान्हा जी डिस्ट्रिब्युटर प्राइभेट लिमिटेड, रामनगरस र पसले लीलाधर पाठक सामेल छन्। पिथौरागढका मुख्य मजिस्ट्रेट सञ्जय सिंहले यो सजाय सुनाएको हो ।