शीर्षकहरू

महरालाई अझै तीन दिन थुनामै राख्न अदालतको अनुमति

महरालाई अझै तीन दिन थुनामै राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले अझै तीन दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।  

न्यायाधीश दीपककुमार दाहालको इजलासमा भएको बहसमा सरकारी वकिलवकिल उमाकान्त पौडेलले महरा बिरामी भएकाले उनको बयान लिन अझै केही दिन लाग्ने भन्दै १३ दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेका थिए भने महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठसहित चार जना वकिलले  साधारण तारेखमा छोड्नुपर्ने बहस गरेका थिए ।

गत असोज १९ गते पक्राउ परेका महरालाई आजमात्रै अदालत पेस गरिएको थियो । बिदाका कारण नौ दिन हिरासतमा नै रहेका कारण त्यस बीचको १० दिनलाई समेत गणना गरिएको छ । अब महरा अझै तीन दिन दिन हिरासतमा नै बस्नुपर्ने र शुक्रबार अदालतमा पेश गर्ने भएको छ । त्यसपछि प्रहरीले मुद्दा दायर गर्नेछ । 

प्रतिक्रिया