शीर्षकहरू

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरपालिकाले बुधबार आगामी आपवका लागि नीति तथा सार्वजनिक गरेको हो ।

महानगरले सार्वजनिक गरेको नीपित तथा कार्यक्रममा विद्यलालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन भइरहेको उल्लखे छ । त्यस्तै विद्यालयहरुमा सिकाइको नविन अवधारणा बुक फ्री फ्राइडे सञ्चालनमा ल्याईएको छ । सोअन्तर्गत ८० प्रकारका सिपमूलक कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । अतिरिक्त क्रियाकलापव (ईसिए) को प्रवर्धन जस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिएको महानगरले जनाएको छ  ।

महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा महानगर गौरवका योजनाहरू मार्फत प्रमुख समस्याहरूको समाधानका साथैसुरक्षित, व्यावसायिक र व्यवस्थित सहरको निर्माण गर्दै काठमाडौँ महानगरपालिकालाई पर्यटनमैत्री सांस्कृतिक सहर, समृद्ध महानगरको रूपमा स्थापित गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसका साथै महानगरले आवश्यकपर्ने पूर्वाधार सहितको गरिखाने शिक्षा, महानगरको ईच्छा भन्ने नाराकासाथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने जनाएको छ । महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइने छ । निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णीम योजना सञ्चालनमा ल्याई महानगरवासीलाई औषधि खरिदमा सहुलियत दिइनेछ ।

त्यसैगरी, महानगरपालिकाका सम्पूर्ण सडकहरुलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रुपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलो रहित काठमाडौँगौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । 

पुर्णपाठ

 


 

प्रतिक्रिया