शीर्षकहरू

हेभी कमर्सियल बस सेगमेन्टमा बतास एमएडब्लुलाई ‘ब्रेकथ्रु अवार्ड’

हेभी कमर्सियल बस सेगमेन्टमा बतास एमएडब्लुलाई ‘ब्रेकथ्रु अवार्ड’

काठमाडौं। भल्भो आइशर कमर्सियल भेइकल्सको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्ल्यु कमर्सियल भेइकल्स (बीएमसीभी) हेभी कमर्सियल बस सेगमेन्टतर्फ प्रतिष्ठित ‘ब्रेकथ्रु अवार्ड’बाट सम्मानित भएको छ।

थाइल्यान्डमा आयोजित भल्भो आइशर कमर्सियल भेइकल्सको वार्षिक डिलरसिप सम्मेलन (एडीसी २०२६) मा कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो। नेपालमा बस व्यवसायतर्फ कम्पनीले हासिल गरेको उल्लेखनीय बजार विस्तार र व्यावसायिक प्रदर्शनको मूल्यांकन गर्दै भल्भो आइशर कमर्सियल भेइकल्स लिमिटेडले सम्मान गरेको जनाएको छ।

कम्पनीका अनुसार विभिन्न देशका २०० भन्दा बढी डिलरबीच प्रतिस्पर्धा गर्दै बीएमसीभीले यो अवार्ड प्राप्त गरेको हो। यसले चुनौतीपूर्ण बजारमा ब्रान्डले हासिल गरेको तीव्र वृद्धि र प्रभावकारी उपस्थितिलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।

यो उपलब्धि विशेषगरी आइशरको हेभी कमर्सियल बस ‘आइशर म्याजेस्टिक’ को बढ्दो लोकप्रियतासँग जोडिएको कम्पनीले जनाएको छ। सार्वजनिक यातायात व्यवसायी, ट्राभल कम्पनी तथा विभिन्न यातायात समितिमाझ छोटो समयमै म्याजेस्टिक बसले विश्वास स्थापित गर्न सफल भएको दाबी गरिएको छ।

कम्पनीका अनुसार हाल नेपालभर २०० भन्दा बढी आइशर म्याजेस्टिक बस सञ्चालनमा छन्। ९५ भन्दा बढी कम्पनी तथा यातायात समितिले ती बसलाई आफ्नो फ्लिटमा समावेश गरेका छन्। म्याजेस्टिक बसहरूले हालसम्म ७५ लाख किलोमिटरभन्दा बढी दूरी तय गरिसकेका छन् भने देशभर २५ भन्दा बढी रुटमा सञ्चालनमा रहेका छन्।

बीएमसीभीले यो उपलब्धिमा योगदान पुर्‍याउने ग्राहक, यातायात व्यवसायी, ट्राभल कम्पनी तथा यातायात समितिप्रति आभार व्यक्त गरेको छ। ग्राहकको विश्वास र साथकै कारण यो सफलता सम्भव भएको कम्पनीको भनाइ छ।

बतास एमएडब्ल्यु कमर्सियल भेइकल्स नेपालमा भल्भो आइशरका ट्रक, बस तथा लाइट कमर्सियल सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले सातै प्रदेशमा विस्तार हुँदै गएको आफ्नो सञ्जालमार्फत व्यावसायिक यातायात समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रतिक्रिया