काठमाडौं । आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई पढ्दै गर्दा जागिरको अवसर दिने उद्देश्यले शुक्रबार काठमाडौंको गैरिधारामा रहेको कलेज परिसरमा नै उक्त कार्यक्रम भएको हो ।
जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरि १६ कम्पनीहरूको सहभागिता रहेको थियो । जब फेयरमा दुई सय भन्दा बढी विद्यार्थीहरूले रोजगारीका लागि अन्तर्वार्ता दिएका छन् ।
कलेजले वर्षमा दुई पटकसम्म यस्ता जब फेयर कार्यक्रम गर्दै आएको सोही कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव अवस्थी बताउँछन् । उनी भन्छन्, ‘हामीले हरेक वर्ष दुई पटक जब फेयर कार्यक्रम गर्दै आएका छौँ । पढ्दै काम गर्न चाहने विद्यार्थीहरूका लागि यो राम्रो अवसर हो ।’
कलेजले यसरी जब फेयर कार्यक्रम गरिदिँदा जागिरका लागि सहज हुने गरेको जब फेयरमा सहभागी विद्यार्थीहरू बताउँछन् ।
आर्थिकन्यूज
प्रतिक्रिया