शीर्षकहरू

होटल ग्राण्ड भिलामा बंगलादेशी व्यापारीको हत्या

होटल ग्राण्ड भिलामा बंगलादेशी व्यापारीको हत्या

काठमाडौंं । काठमाडौंको होटल ग्राण्ड भिलामा बंगलादेशी व्यापारीको हत्या भएको छ ।  ४५ वर्षीय बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या भएको कालीमाटी प्रहरी वृत्तले जनाएको छ । कालीमाटीको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको प्रहरीले जानकारी गराएको हो । 

 ट्राभल एजेन्सी सञ्चालक अहमदको एक हप्ता अघि नै  बोतलले टाउकोमा हानेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धान दुल्लाहमियाँ उनकै साथीको संलग्नता रहेको खुल्न आएको हो । हत्यापछि उनी सडकमार्ग हुँदै भारततर्फ भाग्न सफल भएको पनि प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार क्यासिनोको लत लागेका मोहिद्दिन गत माघ ६ गते साथी दुल्लाहमियाँलाई लिएर हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल आएको प्रहरीले जनाएको छ ।  ४५ वर्षीय मोहिद्दिनलाई दुल्लाहमियाँले सुतेको मौका छोपी दाहिने आँखामा नखोलिएकै मदिराको बोतलले प्रहार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । 

घटना माघ ७ गते बिहान ५ बजेतिरको भएको तर, होटल सञ्चालकले ८ गतेमात्रै प्रहरीलाई खबर गरेका कारण घटना रहस्यमय भएको भन्दै शुरुमा होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया