शीर्षकहरू

चिरख्वा हाइड्रोको हकप्रद बिक्रीका लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक नियुक्त

चिरख्वा हाइड्रोको हकप्रद बिक्रीका लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन सम्बन्धी कार्यका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो। उक्त शेयरबाट कम्पनीले कुल रु. ४० करोड बराबरको पूँजी संकलन गर्नेछ। हकप्रद शेयर हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा जारी गरिने जनाइएको छ।

यस सम्बन्धी सम्झौतामा चिरख्वा हाइड्रोपावरका कार्यकारी अध्यक्ष दीपक राई तथा आरविवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

सम्झौता २०८३ जेठ ६ गते सम्पन्न भएको हो।

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक संस्था हो।

प्रतिक्रिया