उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले कोरोना संक्रमण फैलन नदिनका लागि जिल्लामा जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले निषेधाज्ञाको आदेश असार ७ गते राती १२ बजेसम्मका लागि जारी गरेका हुन् ।
जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर अत्यावश्यक खाद्य सामाग्रीका पसलहरु बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्ला गर्न पाइने जनाइएको छ । साथै, कोही कसैले आदेशको बर्खिलाप हुने गरि काम कारबाही गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
यी हुन् गर्न पाइने र नपाइने कार्यहरु


आर्थिकन्यूज
प्रतिक्रिया