काठमाडौं । कोरोना भाइरसका कारण पहिलो पटक उदयपुरका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिकाका वडा नं ४ मिलनचोक निवासी ५२ वर्षिया शिक्षक रहेका छन् ।
त्रिवि शिक्षण अस्पताल कोभिड कमिटीका सञ्चार संयोजक माधबप्रसाद घिमिरेले मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएका उदयपुरका ५२ वर्षिया पुरुषको कोरोना परिक्षण गर्दा बिहिबार राति रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे । उनले अहिले नेपाली सेनाको टोलीले शव व्यावस्थापनको तयारी गरिरहेको बताए ।
यता, जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले आफूलाई सिडिएसले फोनमार्फत मिलनचोकका ५२ वर्षिया पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको बताए । उनमा जिल्ला भित्रै हो वा काठमाडौंमा उपचारका क्रममा कोरोना संक्रमण सरेको हो भनेर पुष्टि हुन बाँकी रहेको सुवेदीले बताए । उनलाई पहिलोचरणमा संक्रमण कहाँबाट सर्यो भन्ने एकिन पश्चात उनीसँग सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरेर कोरोना परिक्षण गरिने सुवेदीले बताए ।
परिवारका सदस्यका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन २८ गतेदेखि विरामी रहेको थिए । ज्वरोको लक्षण देखापरेपछि भदौ २ गते जिल्ला अस्पताल बोक्सेमा पुगेका उनी सामान्य उपचार पछि घर फर्किएका थिए । अस्पतालको औषधिले पनि ठिक नभएपछि निमोनियाको आशंकामा त्रियुगा नगरपालिका ३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रा.ली.मोतिगडामा उनले भदौ ४ गते रगत परीक्षणका लागि रगत दिएको र ६ गते भर्ना भई उपचार गरेको परिवार श्रोतले जनाएका छन् । तीन दिनसम्म पनि उपचार गर्दा ठिक नभएपछि परिवारले भदौ ८ गते राती डिस्र्चाज लिई काठमाडौं लगेका थिए । यता, प्रहरीले उनले उपचार गरेको हेल्थकेयरमा सिल गरिसकेको छ ।
लकडाउनकै विचमा लिम्चुङ्गबुङ्ग गाउँपालिका १ स्थित आधारभूत प्राथामिक विद्यालय बाँस्बोटेबाट सरुवा भई आएका उनी साउन २७ गते त्रियुगा नपा ७ स्थित आधारभूत विद्यालय कौवाईमा हाजिर भएका थिए ।
आर्थिकन्यूज
प्रतिक्रिया