aarthiknews.com शनिबार, २४ साउन २०७७   Saturday, 08 August, 2020
 
Bajaj_Bike
Tasen

‘हजुर बा’ को व्यवस्थापकीय क्षमता नातिमा, अब्बल बन्यो नेपाल लाइफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ असार २०७७
‘हजुर बा’ को व्यवस्थापकीय क्षमता नातिमा, अब्बल बन्यो नेपाल लाइफ
LBEF

८ वर्ष अगाडि नेपाल लाइफ इस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बनेका विवेक झाको व्यवस्थापकीय क्षमता कै कारण आज नेपाल लाइफ अब्बल र सबैको रोजाइको कम्पनी बनेको छ । जानकी मन्दिर नजिकैको गाउँमा हजुर बुबा निरशु झाले गाउँ टोलमा र हजुर आमाले आफ्नै घरमा गरेको व्यवस्थापकीय कामबाट प्रभावित  नाति विवेकले छोटो समयमा नै आफूलाईमात्र ब्राण्डिङ गराएनन्, कम्पनीलाई समेत सोही दर्जामा उभ्याए । कान्छो सीईओको रुपमा कार्यभार सम्हालेका उनले संस्थालाई हरेक हिसावले अब्बल बनाए, वेष्ट कम्पनी बनाए । इन्टरप्रेनर बन्ने इच्छा पालेका झा अहिले कुशल व्यवस्थापक बनेका छन् । 

यसको श्रेय उनी आफैमात्र लिन चाहँदैनन्, सम्पूर्ण टिमको इमान्दारिता, मेहनत र विश्वासले कम्पनी यो अवस्थामा पुगेको उनी बताउँछन् । यही असार ३१ गतेदेखि उनको नेपाल लाइफ इन्स्योरेन्समा सीईओको दोस्रो कार्यकाल सकिदैछ । उनै झासँग कम्पनी र उनको कर्पोरेट यात्राका विषयमा आर्थिकन्युजले गरेको कुराकानीको सारः 

भनिन्छ, कुशल व्यवस्थापकीय क्षमता भएको व्यक्तिले जीवनमा कहिले पनि असफल हुनु पर्दैन । उसको यो क्षमताले जतिसुकै कठिन र अप्ठ्यारो परिस्थितिलाई पनि सहज र सरल बनाइ अनुकरणीय काम गर्न प्रेरित गर्दछ । कुनै व्यक्तिमा यो कुरा आफै सिर्जित हुन्छ भने कोही अरुबाट अभिप्रेरित हुन्छन् । 

गाउँमा हजुर बुबा निरशु झाको ठूलो ख्याती थियो । गाउँ भरिकै लोकप्रिय पात्र झा सबैका सुख दुःखका प्रतिमूर्ति थिए । झाको व्यवस्थापकीय क्षमतालाई  परिवारभित्र मात्र होइन सम्पूर्ण गाउँले नै आइकल मान्थ्यो ।  सबैलाई समान व्यवहार गर्ने चातुर्य स्वभावका हजुर बुबा र १ सय जना परिवारको व्यवस्थापन गर्ने हजुर आमा विवेक झाका लागि अनुकरणीय पात्र हुन । 

रुपैठा गाउँमा हजुर बुबाको चातुर्यले आर्थिकदेखि कुटनीतिक रुपमा समेत उत्तिकै चर्चा कमाएको थियो । गाउँभरिको आँखाको नानी जनकपुरको प्रसिद्ध पण्डित परिवारको नातिको व्यवस्थापकीय क्षमताले अहिले नेपाल लाइफलाई देशकै ठूलो र अब्बल बीमा कम्पनी बनाएको छ ।  

साहित्यमा समेत जमेका बाबु कालीकान्त झा त्यतिबेला वीरगञ्जस्थित कृषि औजार कारखानाकाका महाप्रवन्धक थिए । ‘स्कूले जीवनमा बुबाको अफिस जाँदा देखेको घुम्ने मेच, मेचमा राखिएको टावल र कर्मचारीको बुबाप्रतिको सम्मानले कार्यालयको व्यवस्थापनलाई राम्रोसँग झल्काउथ्यो, उनी भन्छन् ‘कसरी त्यस्तो कुर्सीमा बस्न पाइन्छ होला म त्यो सोचिरहन्थे ।’ साच्चै उनलाई सानो उमेरमै त्यस्तै विरासत पनि मिल्यो  ।  

कार्यालयको व्यवस्थापकीय कुशलताका साथै ज्योतिषशास्त्रमा पनि निपुर्ण हुनुहुन्छ बाबा झाले ती दिन सम्झदै भने ‘दुई दशक पुग्न लाग्यो सिए पास गरेको । भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्ट पास गरेका झाले आर बज्राचार्य एण्ड कम्पनीमा काम गरे । त्यो कम्पनी नेपाल कै राम्रा व्यवस्थापकमध्य गनिने रत्नराज बज्राचार्यको थियो । उनी उक्त कम्पनीको साझेदार समेत भइसकेका थिए । 

उनमा सानैदेखि इन्टरप्रेनर बन्ने ठूलो रहर थियो । त्यति बेला नेपालमा बीमा कम्पनीहरूको उदय हुँदै थियो । त्यति बेला झाले धेरै कम्पनीहरूको अडिट गरे । नेपाल लाइफमा मैले कन्सल्ट्यान्ट अडिटर भएर समेत काम गरेको हुँ । यहि दौरानमा झाले १० महिना जति एनबी इन्स्योरेन्समा काम पनि गरे । यो नै उनको कर्पोरेट यात्राको पहिलो खुड्किलो थियो ।

माछापुच्छ्रे बैंकमा आन्तरिक अडिटरको रुपमा काम गर्दा नेपाल लाइफले उनमा भएको कस्तुरीको गन्ध थाहा पाइसकेको थियो । त्यसपछि उनलाई नेपाल लाइफले सिनियर डीजीएम भएर आउनु प्रपोज गर्यो । उनले यो प्रपोजलाई स्वीकारे । त्यसपछि कार्यवहाक प्रमुख कार्यकारी अधिकृत हुँदै झा अहिलेको अवस्थामा पुगेका हुन् । 

यस्तो रह्यो झाको व्यवसायीक यात्रा 

उनी कम्पनीका प्रवेश गर्दा ५३ करोडको व्यवसाय थियो । अहिले वर्षमै ९/१० अर्बको व्यवसाय हुन्छ । सबैले जीवन बीमा कम्पनीमा नेपाल लाइफको नाम लिँदा आनन्द आउँछ । छाती फूलेर चौडा हुन्छ, उनी भन्छन्, जीवन बीमा कम्पनीका एक तिहाइ हिस्सा त नेपाल लाइफको छ । 
त्यति बेला बीमा बुझ्ने त्यति थिएनन् । बुझेकै मानिस पनि बीमा गर्न सीमा पारी जान्थे । वास्तवमा भन्नु पर्दा नेपालीलाई बीमा व्यवसायमा विश्वास नै थिएन । २० करोड सञ्चालकको र ५ करोड आम नागरिकको लगानीबाट शुरु भएको नेपाल लाइफको इतिहास अहिले फेरिदै गएको छ । अहिले २७ लाखभन्दा बढी विमित छन् । खर्बौको लगानी छ । 

अन्य धेरै बीमा कम्पनीलाई पछाडि छाडेर लामो दौडमा निरन्तर कम्पनी अघि बढेको छ । ‘झा भन्छन् विमितलाई दिएको विश्वास र प्रतिवद्धता जिम्मेवारीका साथ पुरा गर्न सकियो भने कम्पनी आफै सबै सामु लोकप्रिय बन्दै जान्छ,’ झाले भने  । पब्लिक कम्पनीका काम गर्दा पारदर्शी हुनुपर्छ । काम गरेको रिपोर्ट वार्षिक प्रतिवेदनमा छर्लङगै देखिन्छ । यो पनि स्कूले बच्चाको रिपोर्ट कार्ड जस्तै हो । चाटर्ड एकाउन्टेनले वित्तीय अवस्थाको अडिट गर्छ । तर, बीमा कम्पनीसँग यसका  साथै प्राविधिक पक्ष ‘दायित्व’ पनि जोडिएका हुन्छन् ।

हामीले विमितलाई दिने भनेको प्रडक्ट हो । त्यो प्रडक्ट परिपक्क भएपछि उहाँहरूलाई बोसनसहित फिर्ता गर्नुपर्छ । यो फिर्ता दिनको लागि हामीले विमितबाट लिएको  प्रिमियमलाई राम्रो क्षेत्रमा लगानी गरेमात्र बोनससहित फिर्ता दिन सक्छौं,’ उनले भने । यसैबीच कुनै कारणले विमितलाई क्षति पुग्यो अर्थात मृत्यु भयो भने उहाँहरूको परिवारले क्षतिपूर्ति पाउँछन् । 

हामीले विमितलाई दिने भनेको प्रडक्ट हो । त्यो प्रडक्ट परिपक्क भएपछि उहाँहरूलाई बोसनसहित फिर्ता गर्नुपर्छ । यो फिर्ता दिनको लागि हामीले विमितबाट लिएको  प्रिमियमलाई राम्रो क्षेत्रमा लगानी गरेमात्र बोनससहित फिर्ता दिन सक्छौं,’ उनले भने । यसैबीच कुनै कारणले विमितलाई क्षति पुग्यो अर्थात मृत्यु भयो भने उहाँहरूको परिवारले क्षतिपूर्ति पाउँछन् । 

वार्षिक रुपमा विमितबाट कम्पनीले उठाउँदै आएको रकम रेभिन्यु नभइ प्रिमियम हो । यसलाई बीमा कम्पनी र बीमा समितिले दुबैले एक्चुरी गर्छन् । हामीले यसरी काम गरिरहेका हुन्छौं । कम्पनीको प्यारामिटरले राम्रो देखायो भने हामीले महसुस गर्न सक्छौं हामी राम्रो गर्दैछौं । 

एउटा क्लासमा विद्यार्थीहरूबीच जसरी प्रतिस्पर्धा हुन्छ त्यसरी अन्य कम्पनीभन्दा अगाडि जानु त छँदैछ । यसैबीच अब्बलतालाई देखाउनु पनि छ । यसमा मेहनत गर्नुपर्छ । हामीले गरेको काम कारवाही देखेर बढीभन्दा बढी मानिसहरू कम्पनीसँग आवद्ध हुन आकर्षित हुनुपर्छ भन्ने हो । यसले हाम्रो बजार बढाउन मद्दत गर्यो र नेपाल लाइफ बीस वटा कम्पनीको बीचमा ३० प्रतिशत हिस्सा लिएर बस्न सक्ने अवस्थामा पुगेको हो । 
कम्पनीको स्ट्रेन्थ

हामी प्रिमियम कलेक्शनमा सबैभन्दा अगाडि छौं । कम्पनीको स्ट्रेन्थको बलियो आधार ब्याकअफ क्यापिटल सबैभन्दा राम्रो छ । सल्भेन्सी साढे ३ सय प्रतिशत माथि छ । आवश्यकता भनेको डेढ सय प्रतिशत हो । हाम्रो सल्भेन्सी रिक्वारमेन्टभन्दा डब्बल छ । कम्पनीको लगानी एक खर्ब पुग्न लागेको छ,’ उनले भने ‘जुन पुर्याउने मेरो सपना पनि थियो । असार मसान्तमा पुग्छ भन्ने हो ।’  लाइफ फण्ड राम्रो छ । लगानीकर्ताहरूलाई दिने रिर्टन कम्पनीको अब्बल छ । यो दिगो र दह्रो छ । 

झा स्कूलमा सधै फष्ट हुने जेहेन्दार विद्यार्थी । स्कूलमा फष्ट गरेपनि देशैभरको स्कूलमा फष्ट हुनु पर्छ भन्ने उनकोे मान्यता छ । यहि मान्यताअनुसार झा अगाडि बढेका हुन् । उनी भन्छन् ‘यहाँ लगानीका धेरै क्षेत्रहरू छन् । बैकिङ, बीमा, अन्य उत्पादनमूलक कम्पनीहरू । यी सबै सेयर लिष्टिङमा गएर जोडिन्छ । १४ सयमा एफपीओ आयो साढे चार अर्ब माग्दा ५० अर्ब भन्दा बढीको माग पर्नु यो  आफैमा विश्वासनीय हो । नेपाल लाइफ प्रति मानिसलाई त्यो लेभलसम्म ल्याउन सकियो त्यो नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो । 

गत वर्ष हामीले २३ अर्बको कुल व्यवसाय ल्यायौं । अहिले पनि होल निर्जीवन बीमा कम्पनीको प्रिमियम २२ अर्ब छ भने नेपाल लाइफ प्रिमियम पनि २२ अर्ब नै छ । अहिले पनि कम्पनीको मार्केट क्याप राम्रो छ । आम लगानीकर्ताको दृष्टिमा नेपाल लाइफ ‘वेष्ट’ कम्पनी बनेको छ । लगानी प्रयोजनका लागि यो उचित कम्पनी हो । अहिले सबैमा गज्जवको कम्पनी रहेछ भन्ने भएको छ । 

म आएपछि  १० वर्षको यो  दौरानमा हामीले इमान्दार भएर काम गर्यौ । मेहनत गर्ने, सपना देख्ने र त्यो देखेको सपनालाई पुरा गर्ने हिसावले काम गर्ने कम्पनीको रुपमा आफूलाई उभ्याउने प्रयास गरेका थियौं । केही हदसम्म हामी सफल पनि भएका छौं । सफल हुनु भनेको अन्तिम विन्दु होइन, यो यात्रा निरन्तर अगाडि बढिरह्नु पर्छ । कम्पनी सधै अनव्रत रुपमा क्षितिजलाई छुने हिसावले फड्को मार्दै अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु ।  

ग्रूपले बनाउँछ रणनीतिक योजना

हाम्रो छुट्टै रणनीतिक प्लान गर्ने ग्रुप छ । सबै जनाको त्यहाँ विचार विमर्श हुन्छ । हामी ‘बटम टू टप’ अप्रोजमा योजनाहरू बनाउँछौं । कम्पनीमा हरेक कर्मचारीको अफोट परेको छ । आन्तरिक मिटिङहरू हामी धेरे गछौं । ब्रान्च म्यानेजरहरूसँग विजनेश र समग्र कम्पनीका बारेमा कुरा हुन्छ । उनीहरूबाट फिल्ड ब्याक आउँछ । कुनै शाखाको कर्मचारीको विचार र बुद्धिले पनि मेरो मन छुन सक्छ ।

यसबाटै हामीले ५ वर्ष, १० वर्षको रणनीतिक योजना बनाउँछौ । यो दिगो हुन्छ । टिम बिल्डङ गरेर काम गरेका कारणले हाम्रो योजनाहरू दिगो र सफल हुन सकेका हुन् । नेपाल लाइफमा काम गर्ने बलियो टिम छ । यो व्यक्तिगतमा गर्न सकिने कार्य होइन । 

दुई वर्ष अगाडि बीमा कम्पनीको बाढी नै आयो । जीवन बीमातर्फमात्रै १९ वटा कम्पनी पुगे । त्यति बेला बजारमा अन्य चुनौती त थिए नै अझ बढी थ्रेड भने स्टाफको थियो  । म्यानपावरहरू ट्रनओभर गरिरहेका थिए । वेष्ट कम्पनीमा अवसर पाउदा मुभमेन्ट हुनु स्वभाविका पनि हो । नेपाल लाइफमा अन्य कम्पनीमा गएर माथिल्लो तह हाक्न सक्ने म्यानपावर छन् । यस्तो बेलामा मेरो कम्पनीबाट कोही पनि स्टाफहरू यताउता लाग्नु भएन । यो मेरो स्ट्रेन्थ हो । यो नै मेरो कम्पनीको सटिर्फिकेट हो । 

अहिले कोभिडका कारण अधिकांश कम्पनीले स्टाफ कटौती गरेनौ ब्रान्च बन्द गर्ने सोचिरहेका बेला हामी भने शाखा विस्तार गर्दैछौं । यो हाम्रो रणनीतिक प्लान हो, सोही अनुरुप नै कम्पनी अगाडि बढिरहेको उनले बताए । 

व्यवसायमा प्लस माइनस भइरहन्छ 

कुनै पनि क्षेत्रमा प्लस माइनस भइहाल्छ । कहिले कम्पनीको आफ्नै आन्तरिक कारण हुन सक्छ कुनै बेला वाह्य कारणले त कहिन राजनीतिक कारणले पनि चाहेजस्तो काम गर्न सकिदैन । तर, पनि हामीले सक्दो गरेका छौं, यो म भएपनि नभएपनि निरन्तर चलिरहन्छ । बीमा क्षेत्र अरु भन्दा फरक क्षेत्र हो । यो पूस सेल गर्ने क्षेत्र हो । 

बाटो हिड्दा आकर्षक सामान देखेर किन्न आउने चिज हामीसँग छैन । हामीले प्रतिवद्ध भएर प्रतिवद्धता जनाएर तपाईलाई गाह्रो पर्दा हामी सहयोग गर्छौ र तपाई कै साथमा हुन्छौ भनेर पोलिसी बिक्री गर्ने हो । 

कोभिडका असरका वारेमा कुरा गर्दा उनले भने  ‘राम्रो प्लान हुँदा ३/४ महिनामा हरेस खानु पर्ने अवस्था आउँदैन । हामीले रणनीतिक प्लान बनाउँदा नै पर्न सक्ने सम्भावित असरहरू पहिचान गरिएका हुन्छौं । भलै कोभिडको वारेमा भनिएको थिएन । यो त एक्कासी आएको हो । अप्ठ्यारा परिस्थितिहरू आउन सक्छ भनेर प्लानिङ गर्दा सेन्सिभिटीको पाटोलाई पनि हेरिन्छ । त्यसको पनि त्यहाँ विश्लेषण गरिएको हुन्छ ।’ 

कोभिडका असरका वारेमा कुरा गर्दा उनले भने  ‘राम्रो प्लान हुँदा ३/४ महिनामा हरेस खानु पर्ने अवस्था आउँदैन । हामीले रणनीतिक प्लान बनाउँदा नै पर्न सक्ने सम्भावित असरहरू पहिचान गरिएका हुन्छौं । भलै कोभिडको वारेमा भनिएको थिएन । यो त एक्कासी आएको हो । अप्ठ्यारा परिस्थितिहरू आउन सक्छ भनेर प्लानिङ गर्दा सेन्सिभिटीको पाटोलाई पनि हेरिन्छ । त्यसको पनि त्यहाँ विश्लेषण गरिएको हुन्छ ।’ 

विजनेशमा असर पार्ने विभिन्न तत्वमध्ये अहिले बाह्य तत्वका कारण हाम्रो क्षेत्रमा असर परिरहेको छ । यो बहन गर्ने सक्ने क्षमता बनाइ राख्नु पर्छ । यसले नै  कम्पनीको कुशलता झल्काउने हो । यस्तै अवस्थाले अवसरहरू पनि सिर्जना गरिरहेको हुन्छ । कोभिडका कारणले सबै दौडिरहेका थिए । मेरो रणनीति भनेको ब्लू म्यानेजमेन्ट  स्टारटेजी हो । मरो रणनीति अरुको भन्दा फरक छ ।

तपाई हिडेको ठाउँमा कसैले रोक्न सक्दैन । यो बेलामा सबैभन्दा ठूलो चुनौती भनेको लगानी हो । कम्पनीको इन्फ्रास्ट्रक्चर बैंकमा ९ प्रतिशत लगानी छ भने कम्पनीले आफ्नै पुँजीबाट कमलपोखरीको सिटी सेन्टरमा लगानी गरेको छ । विभिन्न प्रडक्ट बेचिरहेको कम्पनीले हाउजिङलगायतका क्षेत्रमा लगानी गर्न खोजिरहेको छ  । 

आफूले लिएको पैसा बोसनसहित फिर्ता गर्नुपर्छ । दीर्घकालीन रणनीतिक योजना बनाएकाले बजार जतिसुकै तलमाथि भएपनि हामीलाई त्यति असर परेन । हामीले विमितलाई राम्रो बोनस र लगानी कर्तालाई राम्रो रिर्टन दिएका छौं,’ उनले भने ‘सेयर धनीलाई औसतमा ४ सय प्रतिशतसम्म आभांश दिएका छौं ।’

हनी बोकेका वर्कर छन्

हामीसँग हनी बोकेका वर्कर हुनुहुन्छ । यी सबैको मेहनेत र परिश्रमको समिश्रणले नेपाल लाइफ यो स्थानका आएको हो । हरेक व्यक्तिको आफ्नै रोल हुन्छ । अहिले बजारमा १० जना मानिसलाई कहाँ काम गर्ने भनेर सोध्यो भने ५ जनाले नेपाल लाइफमा काम गर्ने भनेर रोज्नु हुन्छ । 

कम्पनीको ब्राण्डिङ

मैले कार्यालय प्रवेश गरेको दिनदेखि नै ब्राण्डिङलाई विशेष रुपमा महत्व दिँदै आएको छु । अनलाइन मिडिया थिएनन् । जब हामीले प्रिन्ट मिडियामा फ्रन्ट पेजमा विज्ञापन दिन सक्यौ त्यतिबेला देखि मात्रै बीमा कम्पनीले हैसियत र स्ट्रेन्थ आम नागरिकले बुझेका हुन् । बीमा कम्पनीको विज्ञापनमा सिर्जनशील हुँदो रहेछ भन्ने कुरा स्थापित गर्न सकियो । सर्भिस दिने र लिनेबीचको पुलको काम मिडियाले गरेको हुन्छ । मिडियालाई जसले प्रपर उपयोग गर्छ ऊ ब्राण्डिङ हुन्छ ।

वास्तविक अभिकर्ता खोज्न गाह्रो छ

नेपाल लाइफले देशभरि अभिकर्ता बनाउन ठूलो खर्च गरेको छ । यो मात्रै यस्तो संस्था हो जसले फ्रि चार्जमा अभिकर्तालाई काम गर्न प्रेणित गर्यो ।  विमित खोज्न त्यति गाह्रो नहोला जति वास्तविक अभिकर्ता खोज्न गाह्रो हुन्छ । हामीमा राम्रो गर्नुपर्छ भन्ने थियो त्यो गर्यौ । तर म के भन्न चाहन्छु भने कुनै व्यक्ति ६० नम्बर ल्याएर फष्ट भएको छ भने पनि त्यहाँ अझै ४० प्रतिशत ग्याप छ भनेर बुझ्नुपर्छ । त्यसमा ध्यान दिएर काम गर्नुपर्छ । 

हामीले अझै धेरै गर्न बाँकी छ । अझै कति ठाउँमा जान बाँकी छ । अहिले २६ प्रतिशत बीमा पेनिटेशनको कुरा आएको छ, वैदेशिक बाहेक २२ प्रतिशत पेनिटेशन छ भन्ने हो । २२ प्रतिशतले बीमा गरेका छन् भने पनि उनीहरूले गर्नुपर्ने जति बीमा गरेका छन् कि छैनन् भन्ने अर्को पक्ष छ । 
आफ्नो कमाइ अनुसारको बचत र कमाइ गर्ने वातावरण बीमा क्षेत्रले बनाइ दिएको छ । आफूले पाउनु पर्ने जति आर्जनको बीमा गरियो कि गरिएन भनेर आजै विश्लेषण गर्नुपर्ने देखिएको छ । बीमा आफ्नै लागि गर्ने हो । अभिकर्ताको लागि होइन । अझै पनि बीमा आफ्नै जीवन सुरक्षाको लागि हो भन्ने कुरा बुझाउनु पर्ने अवस्था छ । 

२० वर्षको कम्पनी भएको छ । अहिले बीमाहरू परिपक्क बन्दै गएका छन् । उनीहरूलाई फेरि बीमा गराउन सकियो भने त्यो चाहिँ अभिकर्ताको सटिफिकेट हो । पछिल्लो समय नेपाल लाइफमा परिपक्क भएका बीमा फेरि आइरहेका छन् । यदि कम्पनीले यसमा बदमासी गरेको भए विमितमा कम्पनीप्रतिको विश्वास बढ्ने थिएन । बदमासी गरेको भए अभिकर्तालाई भेटन त परै जाओस् कम्पनीको नाम पनि सुन्न चाहदैन थिए । 
राम्रो सेवा दिन सकियो भने यो व्यवसाय ‘हजुर बा’ बाट शुरु भएर पनातिसम्म जान सक्छ । अभिकर्ताको लागि पनि त्यति राम्रो छ । 

रहर के हो ? अहिलेसम्म मैले सेक्टर नै चेन्ज गरेर काम गरिरहेको छु । इन्टरप्रेनर बन्ने रहर छ । स्कूल पढदा जागिर खान्छु भन्ने थिएन । इन्ट्रापेनर चाहिँ नेपाल लाइफमा भइयो । ८ वर्ष यहाँ प्रमुख कार्यकारी अधिकृत हुँदा फूलफेजमा काम गर्न पाए । यसमा म सन्तुष्ट र खुशी छु । अहिले नयाँ काम गर्न त्यस्तो ‘हाड एण्ड फाण्ट’ छैन । ३८ वर्षमा म सीईओ भैसकेको थिए । 

प्रतिक्रिया दिनुहोस