काठमाडौं । बागमती एकीकृत सभ्यताका ९ वटा खोलाका लागि चालु आर्थिक वर्षमा २ अर्ब २५ करोड बजेट छुट्याएको छ । सभ्यताले हेर्ने ९ वटा नदीको सम्पूर्ण काम सम्पन्न गर्न १५ अर्बभन्दाबढी लागत लाग्ने बागमती सभ्यता एकिकृत आयोजनाका प्रमुख इ.योगेन्द्र चित्रकारले बताए ।
बागमती एकीकृत सभ्यताले हेर्ने खोला, नदी,ब्युटिफिकेसन सरसफाईकाको लागि २०६६ सालमा नै १५ अर्ब लाग्छ अनुमानका साथ योजना तयारी पारिएका थियो । उक्त आयोजनाको लागि २०७५/७६ मा १ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो ।
बागमती एकिकृत सभ्यताले हेर्ने ९ वटै खोलाको सम्पूर्ण काम २०८० सम्ममा सकिसक्नु पर्ने छ । कुनै खोलाको काम नै शुरु भएको छैन भने कसैको काम आधाभन्दामाथि काम भैसकेको छ । बागमती सभ्यताको अनुसार स्रोतको कमी भएर काम ढिला भएको बताउदै आएको छ ।
बागमती सभ्यता एकिकृतले हेर्ने हनुमन्ते खोला, विष्णुमति नदि धोबीखोला, बल्खु खोला, बामगति नदी, नख्खुखोला, मनहरा खोला, कर्मनाश खोला, महादेब खोला रहेको छ । विष्णुमती नदी विष्णुमती नदिको लम्बाई १७ किलोमिटरसम्म फैलिएको छ । १७ किलोमिटरमध्ये १५ किलोमिटरमा मात्र काम हुने भएको छ । २०७५ सालमै सम्पन्न गरिसक्नु पर्ने उक्त नदीको काम २०७६ फागुनसम्ममा पनि सम्पन्न नहुने भएको छ ।
उक्त नदी निर्माणको लागि लुम्विनि गौरी पार्वती र शर्मा कान्छा लामालाई जिम्मा दिएको थियो । विष्णुमती दोभानदेखि नयाँ बसपार्कसम्मको नदी निर्माणको लागि करिब १ अर्ब रकम लागेको आयोजना प्रमुख ओचित्रकारले जानकारी दिए ।
उक्त खोलामै रहेको ३ किलो मिटर सडक निर्माणको लागि पुन २० करोडमा ठेक्का पट्टा गरेको उनले बताए । डेढ किलोमिटर सडक करिब १ अर्ब रुपैयाँ निमार्ण भएपछि अब ३ किलो मिटर सडकको लागि पुन २० अर्ब रकम छुट्याई ठेक्का दिइएको चित्रकारले जानकारी दिए । उक्त काम असारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
बागमती नदी
बागमती नदीको कुल लम्बाई २ सय किलोमिटर रहेको छ त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र २४ किलोमिटर रहेको छ । २४ किलोमिटर सडकको काम लगभग सकिएको चित्रकारले बताए ।
उनले भने ‘ठाउँ ठाउँमा कतै कतै बनाउन लागेका छौ । सिनामगंल भिमसेनखोलाको सडक, थापाथली र बुद्ध नगर पुलको सडकमा काम गरिरहेका छौ । ढलको सन्दर्भमा सुन्दरीघाटमा दायाँ र बायाँ किनारमा संरचना बन्दै गरेको छ ।
उक्त ढल निमार्ण भैसके पछि तिलगंगा देखि सुन्दरीघाटसम्म एक सरो ढल निर्माण हुने छ ’। बागमति नदिको खोलाको ठेक्कापट्टाको काम बाकी रहेको छ । करिडोर बनाउने काम बाँकी रहेको छ ।
धोबखोला बागमति दोभानको पुलदेखि बुद्ध नगर पुल सम्म – थापाथली पुलदेखि टेकु पुल, मिनभवन पुलको दाहिने किनाराको सडक बनाउने काम बाँकी रहेको छ भने ढल निमार्णको कार्य सम्पन्न भएको चित्रकारले बताए ।
यसको निमार्ण कार्य स्वच्छन्दा, शंकरमाली, खानी जेभि कम्पनीलाई जिम्मा दिएको थियो । उक्त कामको लागि ८५ करोड लाग्ने अनुमान गरिएको छ । यो वर्ष १५ करोड बजेट विनियोजन गरिएको छ । यसको सम्पूर्ण निर्माण कार्य २०८० सम्ममा सकिसक्नु पर्ने चित्रकारले बताए ।
हनुमन्ते खोला
हनुमन्ते नदिको भक्तपुर सल्लाघारीदेखि बालकुमारीसम्म काम गरीरहेको छ । हनुमन्तेमा तिन प्याकेजमा काम भैरहेको छ । ३ प्याकेजमा साढे दुई साढे दुई किलोमिटरमा काम भैरहेको चित्रकारले बताए । ११ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भैसकेको छ र सडकको काम शुरू हुने अवस्थामा रहेको छ । उक्त खोलाको लागि कालिका र समानान्तर कन्ट्याक्टरले काम गर्ने भएका छन् । यस निर्माण कार्यको लागि हरेक प्याकेज ६०/६० करोड रहेको छ ।
नख्खु खोला
नख्खु खोला ललितपुरको लेलेदेखि चोभारको सुन्दरीघाटसम्म बग्ने गर्छ । नख्खु खोलाको काम गत वर्ष सुरू गरेपनि हाल सम्म साढे ५ किलोमिटरमा मात्र काम गरीरहेको चित्रकारको भनाई छ ।
उक्त खोलामा ढलको काम सुरू गरिएको र ३ किलोमिटर ढल हाल्ने काम गरेको र सडकको काम गर्न बाकी रहेको छ ।
नख्खु खोलामा शुरू भएको ढल बनाउने, सडक बनाउने, नदी नियन्त्रण गर्ने काम ३० महिनामा सम्पन्न गरीसक्नु पर्ने छ । बागमति एकिकृत सभ्यताको अनुसार उक्त खोलाका सम्पूर्ण काम अब आउने वर्षमा सम्पन्न गर्ने भएको छ । यो आर्थिक वर्षमा ३ किलोमिटर भन्दा माथिको ठेक्कापट्टा गरको बागमति एकिकृत सभ्यताका चित्रकारले बताए ।
उक्त खोलाको दायाँ बायाँ ११ किलोमिटर काम गर्ने भएको छ । नख्खु खोला निर्माणको लागि यो आर्थिक वर्षमा १० करोड बजेट छुट्याएको छ भने सम्पूर्ण खोलाको काम गर्नको लागि १ सय ४० करोड लाग्ने अनुमान गरेको चित्रकारले बताए । यस खोला निमार्णको लागि कालीका र अमर कन्ट्याक्टरलाई जिम्मा दिएको छ ।
धोबीखोला
धोबीखोला दोवान देखि बालुवाखानी सम्म दायाँ बायाँ १२–१२ किलोमिटर गरी २४ मिटरको ढल हाल्ने काम सम्पन्न भएको छ । धोबीखोलाको करिडोर सुधार, बाटो र नदि नियन्त्रण गर्ने कार्य काठमाडौं उपत्यका विकास प्राधिकरणले गरिरहेको छ ।
उक्त नदिमा ढल हाल्ने काम सम्पन्न भएको छ । धोबी खोलामा ढल हाल्ने काम बागमति सभ्यताले गर्ने र करिडोरको काम सुधार आयोजनाले गर्ने चित्रकारले बताए । यस आयोजनामा ढल हाल्नको लागि ५० करोड बजेट विनियोजन गरिएको छ ।
बल्खु खोला
बल्खु खोलाको दायाँबायाँ गरेर ५ किलोमिटरमा नदी नियन्त्रणको काम सम्पन्न भएको छ । भने ४ किलोमिटर ढलको काम सम्पन्न भई सडक बनाउने क्रममा रहेको चित्रकारले बताए । बल्खु खोलाको कुल लम्बाइ १६ किलोमिटर रहेको छ ।
कलंकीको पुलबाट २ किलोमिटरआधि किर्तिपुर साइडतिर ढल हाल्ने सडक बनाउने काम भैरहेको छ । यस कामको लागि यो आर्थिक वर्षमा १५ करोड विनियोजन गरिएको छ भने सम्पूर्ण काम सम्पन्न गर्नको लागि ५५ करोडमा ठेक्का दिएको छ । उक्त खोलाका काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने बागमति सभ्यता एकृकितले जनाएको छ । यस खोलाको निमार्ण गर्नको लागि पि.यस.गोल्डेन गुड–समानान्तर कन्ट्याक्टरलाई जिम्मा दिएको थियो ।
३ खोलामध्ये २ वटाको ठेक्कापट्टा शुरु
बागमती एकिकृत सभ्यता समाजले पछि थप गरेको मनहरा खोला र महादेव खोलाको लागि ठेक्कापट्टाको काम शुरु भएको छ । चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको हुनाले ठेक्कामा दीन लागेको चित्रकारले जानकारी दिए ।
तीनवटा खोला निर्माणको लागि यो वर्ष बजेट बिनियोजना गरेको चित्रकारले बताए । यी खोलामध्ये मनहरा खोलाको लागि ३० करोड, कर्मनाश खोलाको लागि २० करोड र महादेव खोलाको लागि १० करोड बजेट छुट्याएको छ ।
यस खोलामा चैतदेखि काम शुरु हुने भएको छ । ३ वटा खोलाको काम असार मसान्तसम्ममा सक्नु पर्ने छ । असारसम्ममा काम नसकेको खण्डमा बजेट फ्रिज भएर जाने हुनाले जसरी भए पनि काम सक्ने चित्रकारले बताए ।
प्रजिता पाैडेल
प्रतिक्रिया