शीर्षकहरू

नेपाल एयरलाइन्स सञ्चालक नियुक्तिमा विवाद, प्रधानमन्त्री कार्यालयसम्म पुग्यो उजुरी

नेपाल एयरलाइन्स सञ्चालक नियुक्तिमा विवाद, प्रधानमन्त्री कार्यालयसम्म पुग्यो उजुरी

काठमाडौं । नेपाल एयरलाइन्स निगमको सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३१ गते पाँच जना सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय गरेपछि त्यसबारे प्रश्न उठेको हो।

मन्त्रालयले डा। दीपक प्रसाद बास्तोला (कास्की), प्रविन भट्टराई (चितवन), महेश्वर भक्त श्रेष्ठ (ललितपुर), रुपा लामिछाने (काठमाडौं) र लिलाराज ढकाल (स्याङ्जा) लाई निगमको सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो।

विभागीय मन्त्री खड्कराज पौडेल ९गनेस० को मन्त्रीस्तरीय निर्णयबाट गरिएको उक्त नियुक्ति प्रक्रियामाथि असन्तुष्टि जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको स्रोतले जनाएको छ।

उजुरीमा सञ्चालक सदस्य छनोटका लागि प्रतिस्पर्धामा रहेका २७ जना उम्मेदवारमध्ये मन्त्री पौडेलले प्रभाव र चलखेलका आधारमा पाँच जनालाई छनोट गरेको आरोप लगाइएको छ। नियुक्ति प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाउँदै छानबिनको मागसमेत गरिएको बताइएको छ। 

मन्त्रालयले भने छनोट समितिको सिफारिसका आधारमा नियुक्ति गरिएको जनाएको छ। विवादित नियुक्तिबारे थप अध्ययन र आवश्यक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया