शीर्षकहरू

अप्रिल महिनामा नेपाल आउने पर्यटक संख्या घट्यो, कति भित्रिए ?

अप्रिल महिनामा नेपाल आउने पर्यटक संख्या घट्यो, कति भित्रिए ?

काठमाडाैँ । सन् २०२६ को अप्रिलमा नेपालमा १ लाख ७ हजार ९ सय ३४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत अघिल्लाे महिना मार्चको भन्दा करिब १३ हजारले कम हो। मार्च महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १ लाख २० हजार ५ सय १६ रहेकाे अध्यागमन विभागले जनाएकाे छ । 

विभागका अनुसार दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ३३ हजार ४ सय ९६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३१ प्रतिशत हो। यसमा भारतबाट २५ हजार १ सय ९६, बंगलादेशबाट ५ हजार २ सय ३१ र श्रीलंकाबाट १ हजार ४ सय ९ पर्यटकले भ्रमण गरेका छन्। भारत सबैभन्दा बढी पर्यटक पठाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ।

त्यस्तै, एसियाली मुलुकहरुमा चीनबाट ११ हजार ७ सय २२, म्यानमारबाट २ हजार ६ सय २६ र थाइल्यान्डबाट २ हजार २ सय १ पर्यटक नेपाल आएका छन्। 

सबैभन्दा बढी पर्यटक आएका पाँच मुलुक

भारत : २५ हजार १९६ जना
चीन : ११ हजार ७२२ जना 
संयुक्त राज्य अमेरिका : ८ हजार ७२४ जना 
अष्ट्रेलिया : ५ हजार ३२७ जना
बंगलादेश : ५ हजार २३१ जना 

प्रतिक्रिया