शीर्षकहरू

८ लाख ५० हजार कित्ता शेयर लिलाम बिक्री गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, न्यूनतम मूल्य कति ?

८ लाख ५० हजार कित्ता शेयर लिलाम बिक्री गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, न्यूनतम मूल्य कति ?

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले वैशाख ९ गतेभित्र मुक्तिनाथ क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा खरिद गर्न चाहेको कित्ता र मूल्य खुलाउनु पर्ने छ ।

यस्ता छन् अन्य शर्तहरु

१. आबेदन फाराम रु.१००/- भुक्तानी गरी मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौबाट प्राप्त गर्न सकिनेछ ।

२. आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ। फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइनेछ। केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

३. शेयर खरीदको लागि आवेदन गर्दा न्यूनतम १,२५,००० (एक लाख पच्चिस हजार कित्ता शेयरको लगि आवेदन दिनु पर्नेछ । सो भन्दा बढी शेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्ने बोलपत्रदाताले अधिकतम ८ २०,००० कित्ताको लागि आवेदन दिन सकिनेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति, एकाघर परिवारका सदस्य वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ दशमलवमा (खण्डित रूपमा आउने गरी शेयर संख्यामा आवेदन गर्न पाइने छैन ।

४. शेयरको न्यूनतम मुल्य प्रति शेयर रु.१०१/- (अक्षरेपी एक सय एक मात्र) तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ।

५. शिलबन्दी खाम बाहिर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदन" उल्लेख भएको हुनु पर्नेछ। शिलबन्दी आवेदन लाहाछाप गरिएको हुनु पर्नेछ ।

६. बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको धरौटी वापत जम्मा मूल्यको शत प्रतिशत बराबरको रकम मुक्तिनाथ क्यापिटल लिमिटेडको नाममा खिचिएको Good for Payment Cheque सलग्न गरी आवेदन पेश गर्नु पर्नेछ आदले पेश गरेको Good for Payment Cheque लाई मुक्तिनाथ क्यापिटल लिमिटेडको बैंक खातामा जम्मा हुने गरि Clearing गर्ने व्यवस्था मिलाइने छ । साथै छनौटमा नपरेका आवेदकहरूको रकम फिर्ता भुक्तानी IPS मार्फत गर्ने व्यवस्था मिलाइने छ।

७. बोलपत्र मार्फत बिक्री गरिने संस्थापक समूहको शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइनेछ ।

८. प्राप्त आवेदनहरु मध्ये छनौट भएका आवेदनहरु स्वीकृतिको लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संचालक समिति समक्ष पठाईनेछ र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संचालक समिति मार्फत आवश्यक प्रकृया पुरा गरी नेपाल राष्ट्र बैंकको स्वीकृती लिनु पर्ने भएमा स्वीकृति लिई सोको जानकारी छनौट भएका आवेदकलाई गराईनेछ । यस्तो जानकारी आवेदकले उपलब्ध गराएको ठेगानामा हुलाक, कुरियर वा विद्युतिय संचार माध्यम मार्फत पठाईनेछ ।

९. शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात पुलिस रिपोर्ट, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि प्यान नं. को प्रमाणपत्रको प्रतिलिपि पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र या कर दाखिला गरेको निस्साको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। साथै विद्यमान संस्थापकहरुले आफ्नो आय श्रोतको विवरण वा स्वघोषणा समेत पेश गर्नुपर्नेछ।

१०. बोलपत्रदाता एक वा एक भन्दा बढी बोलपत्र पेश गर्न सक्नेछ सबैभन्दा बढी दर रेटमा खरिद माग गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ। यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी दर रेटमा खरिद माग गर्ने आवेदकलाई बिक्री गरिनेछ । 

११. इच्छुक लगानीकर्ताहरुले आवेदनमा हितग्राही खाता नं. र बैंक खाता न. अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ ।

१२ कुनै शर्त राखी पेश गरेको आवेदनलाई मान्यता दिईने छैन म्याद नाघी आएको वा रित नपुगेको आवेदन उपर पनि कुनै कारवाही गरिने छैन ।

१३. आवेदक संगठित संघ/संस्था/ कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत पेश गर्नुपर्नेछ । साथै उक्त संस्था नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार संस्थापक शेयर खरिद गर्न योग्य हुनु पर्नेछ । 

१४. शेयरको आवेदन मिति २०७२/०१/०९ गते अपरान्ह ३:०० बजेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौंमा दर्ता भई सक्न पर्नेछ ।

१४. शेयरको आवेदन मिति २०७२/०१/०९ गते अपरान्ह ३:०० बजेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौमा दर्ता भई सक्नु पर्नेछ।

१५. मिति २०८२/०१/१० गते बिहान ११:०० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौमा प्राप्त आवेदनहरु खोलिनेछ। उक्त दिन विदा परेमा कार्यालय खुलेको दिन बिहान १०:०० बजे खोलिनेछ ।

१६ बांडफांटमा परेका आवेदकको नाममा प्रचलित कानुन बमोजिम शेयर खरिद कारोवार तथा नामसारी गरिनेछ । कुनै पनि अवस्थामा आवेदकले व्याज वा कनै किसिमको माग दावी गर्न सक्न,

१७. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संचालक समितिबाट स्वीकृति भए पश्चात् संस्थापक शेयर खरीद बिक्री गर्नको लागि तोकेको शेयर दलाल मार्फत कारोवार गरिनेछ । साथै शेयर नामसारी गर्दा खरीदकर्ताको तर्फबाट भुक्तानी गर्नु पर्ने सम्पूर्ण शुल्क समेत स्वयं खरीदकर्ताले भुक्तानी गर्नु पर्नेछ ।

१८. शेयर बिक्री गर्ने वा नगर्ने, आवेदन मागमा माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्ने, बोलपत्र आवेदन तथा शेयर बाँडफाँड सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित संस्थापक शेयरधनीमा निहित रहनेछ ।