काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैशाख ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७।३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ।