काठमाडौं । आजदेखि एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा गोबिन्द घिमिरेले जिम्मेवारी सम्हालेका छन् । गत फागुनमा बैंक सञ्चालक समितिले १० वैशाख २०८२ देखि घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएका छन् ।
बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई सीईओ नियुक्त गरेको बैंकले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।
फागुन मसान्तमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दोस्रो कार्यकाल पुरा भएको थियो । बाफिया कार्यान्वयन भएको मितिले ९ वैशाखमा ८ वर्ष पुरा हुने र २ कार्यकालको अधिकतम अवधि पुरा हुने भएकोले बैंकले फागुन मसान्तमा नै दोस्रो कार्यकाल सकिएको भए पनि ९ वैशाखसम्म ४० दिनको लागि केसीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएका थिए ।