शीर्षकहरू

डलरको मूल्य फेरि उच्च बिन्दु नजिक, पाउन्ड र युरो घट्यो

डलरको मूल्य फेरि उच्च बिन्दु नजिक, पाउन्ड र युरो घट्यो

काठमाडौं । अमेरिकी डलरको भाउ पुन: उच्च बिन्दु नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।

गएको वैशाख ७ गते प्रतिडलर हालसम्मकै उच्च १३३ रुपैयाँ ९७ पैसा पुगेको अमेरिकी डलरको मूल्य पुन: बढ्दै उच्च बिन्दुनजिक पुगेको छ । आज अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर एकको खरिददर भने १३३ रुपैयाँ ३४ पैसा कायभ भएको छ ।  

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको थियो ।

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ । आजका लागि युरोपियन युरो एकको खरिददर  १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ । बुधबार एक युरोको खरिददर ४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसा थियो ।

यस्तै बुधबार एक पाउन्डको मूल्य खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ २ पैसा रहेकोमा आज एक पाउन्डको खरिददर १६६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ ।