शीर्षकहरू

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाहरूको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरू गर्दै आएको छ । सोही क्रममा बैंकले विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण गरेको हो । 

बैंकले नवलपुरको वुलिङटार स्थित रम्भादेवी आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ०५ सम्मका ७६ जना विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण गरेको छ । 

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट स्थानीय बालबालिकाहरू विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।