शीर्षकहरू

नेपालमा सीए पढ्न बढी समय र धेरै पैसा लाग्छ भन्नु भ्रामक : आईक्यान

नेपालमा सीए पढ्न बढी समय र धेरै पैसा लाग्छ भन्नु भ्रामक : आईक्यान

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नेपालमा चार्टर्ड एकाउन्टेन्ट्स(सीए) पढ्न बढी समय र धेरै पैसा लाग्छ भन्नु भ्रामक भएको बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै आईक्यानले आफूहरुले प्रदान गर्दै आएको  चार्टर्ड एकाउन्टेन्सी शिक्षाको शुल्क, अवधि तथा गुणस्तर लगायत अन्य विषयहरूको बारेमा बाह्य मुलुकहरूका लेखाव्यवसायी संस्थाहरूसँग गरिएको तुलना नितान्त भ्रामक र कपोलकल्पित रहेको साथै आधारहीन रूपमा गलत अर्थ लाग्ने गरी संस्थाको शैक्षिक भूमिका र स्तर माथि अनुचित टिप्पणी गरिएको दाबी गरेको छ ।

नेपालमा आईक्यानबाट मान्यता पाएका संस्थाबाट सीए पढ्न पाइन्छ । तर भारतको बोर्ड आईसीएमा शुल्क सस्तो र कम अवधिमा सीए पढ्न पाउने भएपछि नेपाली विद्यार्थीहरु आईक्यानको विकल्पमा भारत पढ्न गइरहेको समाचार प्रकाशित भएपछि त्यसको खण्डनमा आईक्यानले विज्ञप्ति निकालेको हो ।

विज्ञप्तिमा भनिएको छ, 'यस संस्थाले प्रदान गर्दै आइरहेको चार्टर्ड एकाउन्टेन्सी शिक्षाको शुल्क, अवधि तथा गुणस्तर लगायत अन्य विषयहरूको बारेमा बाह्य मुलुकहरूका लेखाव्यवसायी संस्थाहरूसँग गरिएको तुलना नितान्त भ्रामक र कपोलकल्पित रहेको साथै आधारहीन रूपमा गलत अर्थ लाग्ने गरी संस्थाको शैक्षिक भूमिका र स्तर माथि अनुचित टिप्पणी गरिएको समाचार प्रकाशित भएको व्यहोरा जानकारीमा आएकाले त्यसतर्फ सजग रहनका लागि अनुरोध गरिन्छ ।'