शीर्षकहरू

एनआईबिएल ग्रोथ फण्डले वितरण गर्यो यस वर्षको लाभांश

एनआईबिएल ग्रोथ फण्डले वितरण गर्यो यस वर्षको लाभांश

काठमाडौं । एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले यस वर्षको लाभांश वितरण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआइएमबि एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर समेत ६ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । असोज २२ गतेदेखि सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरिएकाले आफ्नो खातामा नगद लाभांश जम्मा भए नभएको एकिन गर्नहुन समेत योजना व्यवस्थापकले आग्रह गरेको छ । 

नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत योजना व्यवस्थापकले भनेको छ ।

 साथै आफ्नो इकाई धितोबन्धक राखी कर्जा उपयोग गर्नु भएका इकाईधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भपछि मात्र बैंक खातामा जम्मा गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ । बन्दमुखी प्रकृतिको यस योजनाले गत आर्थिक वर्षको अन्त्यसम्म २ करोड ४९ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । यस योजनाले १३ करोड २० लाख इकाई जारी गरेको हो । गत असार मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ६४ पैसा रहेको थियो ।