शीर्षकहरू

बीमा प्राधिकरणका अध्यक्ष ओझा विरुद्ध अख्तियारमा उजुरी, 'फेक डकुमेन्ट' पेश गरेको आरोप

बीमा प्राधिकरणका अध्यक्ष ओझा विरुद्ध अख्तियारमा उजुरी,  'फेक डकुमेन्ट' पेश गरेको आरोप

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्राधिकरणको अध्यक्षका लागि आवेदन दिदा ओझाले बुझाएको डकुमेन्ट फेक भएको भन्दै छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता भएको हो । 

ओझाले अध्यक्षका लागि आवेदन दिदा क्लिकमाण्डु डटकममा प्रवन्धक पदमा काम गरेको कागजात बुझाएको र सो कागजातहरु सबै फेक रहेको उजुरीमा उल्लेख गरिएको छ । उनीसँग बैंक, वित्तीय संस्था तथा बीमा लगायत क्षेत्रमा काम गरेको अनुभव नभएको र उनले जुन जुन क्षेत्रमा काम गरेको अनुभवको प्रमाणपत्र बुझाएका छन्, ति एकै समयमा काम गरेको देखिएको उजुरीमा आरोप छ । 

'निज ओझाले क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धकका रुपमा काम गरेको योग्यताको प्रमाण पत्र बुझाएको सञ्चार माध्यमहरुमा प्रकाशित भएका समाचारहरुमा उल्लेख छन् । निज ओझाले वरिष्ठ प्रबन्धकमा काम गरेका हुन वा होइनन् भन्ने तथ्य सूचना तथा प्रशारण विभागमा क्लिकमाण्डु डटकमले बुझाएको दरबन्दी सम्बन्धी विवरण मगाएर अध्ययन गर्दा सत्यतथ्य उजागर हुने अवस्था छ ।’ उजुरीमा भनिएको छ, 'त्यसो त बीमा ऐनले परिकल्पना गरेको बैंक, वित्त, बीमा लगायत क्षेत्रमा आवश्यक पर्ने अनुभव पनि उनीसँग देखिन्न । उनले जुन जुन क्षेत्र वा कार्यालयमा काम गरेको भनि अनुभवको प्रमाणपत्र बुझाएका छन्, ति अधिकांश एउटै समय अवधीका रहेको बुझिन्छ ।’

यस्तै, ओझाको उमेरको विषयमा पनि उक्त उजुरीमा उल्लेख गरिएको छ । ३३ वर्षका ओझा उमेर नै नपुगेका व्यक्तिलाई प्राधिकरणको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गरिएको आरोप छ ।

'निजको उमेर समेत जम्मा ३३ वर्ष मात्रै पुगेको छ, अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ती र मनोनयन सम्बन्धी मापदण्ड २०७३ (पहिलो संसोधन ले बीमा प्राधिकरणको अध्यक्ष बन्न ३५ वर्ष नाघेको र ६५ वर्ष ननाघेको हुनुपर्ने भनेको छ । सो मापदण्डको ३. मा लेखिएको छ- कार्यकारी प्रमुखको हकमा तीस वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यको हकमा पैतिस वर्ष उमेर पुरा भई पैसठ्ठी वर्ष ननाघेको ।' यहि मापदण्डको २(ख) मा पदाधिकारी भन्नाले सार्वजनिक निकायको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, वा कार्यकारी प्रमुख सम्झनु पर्छ ।' भनेर लेखिएको छ । यो मापदण्डले स्पष्ट रुपमा बीमा प्राधिकरणको अध्यक्षलाई सार्वजनिक निकायको पदाधिकारी मानेको र सोको उमेर ३५ वर्ष नाघेको र ६५ वर्ष ननाघेको हुनुपर्ने भनेको छ । तर, केहि समय पहिलेसम्म अर्थमन्त्रालयको वेभसाइटमा राखिएको यो मापदण्डलाई वेभसाइटबाट हटाएर झुठो सूचना प्रकाशित गरि योग्यता र उमेर नै नपुगेका ओझालाई नेपाल बीमा प्राधिकरण जस्तो सर्वोच्च नियामक निकायमा नियुक्त गरिएको देखिन्छ ।’ उजुरीपत्रमा लेखिएकाे छ । 

प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिको संयोजनक तथा सदस्यहरु र अर्थ मन्त्रालयको वित्त क्षेत्र व्यवस्थपन महाशाखाका कर्मचारीहरु उपर पनि छनविन गर्नुपर्ने उजुरीमा माग गरिएको छ । उक्त उजुरी दिपेन्द्र बोहोराले आइतबार अख्तियारमा दर्ता गराएका हुन् । 

null

null

null