शीर्षकहरू

लुम्बिनी प्रदेशमा विप्रेषण आप्रवाहः कुल ग्रार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान

लुम्बिनी प्रदेशमा विप्रेषण आप्रवाहः कुल ग्रार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान

काठमाडौं । लुम्बिनी प्रदेशमा आप्रवाह हुने विप्रेषणको योगदान कुल ग्रार्हस्थ्य उत्पादनमा २२ प्रतिशत भन्दा बढि रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशमा वैदेखिक रोजगारीले पारेको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । 

उक्त प्रतिवेदन अनुसार विगत दश वर्षको विप्रेषण आप्रवाह विश्लेषण गर्दा आर्थिक वर्ष २०७०/७१ मा रु. ५ खर्ब ४३ अर्ब २९ करोड विप्रेषण रकम नेपाल भित्रिएको थियो । यो रकम वार्षिक औसत ११.१३ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० सम्म आईपुग्दा रु. १२ खर्ब २० अर्ब ५५ करोड पुगेको देखिन्छ । जुन सोही वर्षको कुल गार्हस्थ्य उत्पादनमा २२.७० प्रतिशत हुन आउँछ । 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिनेको सङ्ख्या आर्थिक वर्ष २०७८/७९ को तुलनामा २२.४२ प्रतिशतले वृद्धि भई ७ लाख ७१ हजार ३ सय २७ पुगेको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संङ्ख्या आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा ८.५५ प्रतिशतले वृद्धि भई १ लाख ३६ हजार ९ सय ८४ पुगेको छ । यो सङ्ख्या श्रम स्वीकृति लिने कुल सङ्ख्याको १७.७६ प्रतिशत हो । 

अध्ययन अनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको शैक्षिक अवस्था हेर्दा आधारभूत, माध्यमिक, स्नातक र स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गरेका व्यक्तिहरु क्रमशः ४०.७३ प्रतिशत, ४३.०८ प्रतिशत, १३.३२ प्रतिशत र २.८७ प्रतिशत रहेको देखिन्छ । 

अध्ययन अनुसार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी यूएईमा २४.२८ प्रतिशत र सबैभन्दा कम ओमन तथा बहराइन दुवैमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन् ।

अध्ययनमा समेटिएका परिवारहरुमध्ये वैदेशिक रोजगारी अन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत रहेका छन् । वैदेशिक रोजगारीमा जानुपर्ने कारणहरुमध्ये पारिवारिक आर्थिक अवस्था सुधार्न जाने सबैभन्दा बढी अर्थात ४१.८० प्रतिशत रहेका छन् । 

अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६.० प्रतिशत रहेका छन्भने तालिम लिएर जाने२४.० प्रतिशत रहेका छन् । त्यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व स्वदेशमा कुनै पेशामा आबद्ध रहेका र आबद्ध नरहेका व्यक्तिहरु क्रमशः ४०.० प्रतिशत र ६०.० प्रतिशत रहेका छन्। 

अध्ययन अनुसार वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म, ५ देखि १० लाखसम्म र १० लाख भन्दा माथि आय—आर्जन गर्नेहरु क्रमशः ४२.३० प्रतिशत, ३९.६९ प्रतिशत र १८.०१ प्रतिशत रहेका छन्। 

वैदेशिक रोजगारीमा जाँदा रु.१ लाखसम्म, रु.१ लाख देखि २ लाखसम्म, रु.२ लाख देखि ३ लाखसम्म, रु.३ लाख देखि ४ लाखसम्म र रु.४ लाखभन्दा माथि खर्च गरेर जानेहरु क्रमशः २२.५० प्रतिशत, ४२.० प्रतिशत, १४.९ प्रतिशत, ४.७० प्रतिशत र १५.९० प्रतिशत रहेको अध्ययनले देखाएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमध्ये १५.१० प्रतिशतले मात्र रोजगारीमा जाँदा लागेको खर्चको व्यवस्थापन बैंक÷वित्तीय संस्थाबाट गरेका छन् भने ८४.९० प्रतिशतले ऋण÷सापटी गरेर सो खर्चको व्यवस्थापन गर्ने गरेको अध्ययनले देखाएकोछ । 

अध्ययनमा समेटिएका नमूना परिवारहरुले वैदेशिक रोजगारीबाट आर्जन गरेको रकममध्ये दैनिक उपभोग, शिक्षा÷स्वास्थ्य, ऋण तिर्न र मनोरञ्जन तथा अन्यमा क्रमशः ५८.७८ प्रतिशत, २२.४८ प्रतिशत, १०.०७ प्रतिशत र ८.६७ प्रतिशत खर्च गर्ने गरेको देखिन्छ । 

अध्ययनमा समेटिएका नमूना परिवारहरुमध्ये ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको छ । त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व/मनोरञ्जन/सामाजिक खर्च समेत बढेको पाईएको छ । लगानीको अवस्था हेर्दा व्यापार व्यवसाय, घर/घडेरी र गरगहनामा क्रमशः ६८.२१ प्रतिशत, ६५.८० प्रतिशत र ६३.१९ प्रतिशत परिवारको लगानी विस्तार भएको पाईएको छ । 

अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्न परिवारहरुमध्ये ८८.२५ प्रतिशत परिवारले बचत रकम बढेको बताएका छन् । त्यस्तै उक्त परिवारमध्ये १३.०५ प्रतिशतले खेतीयोग्य जमिन बढेको, ५१.४४ प्रतिशतले खेतीयोग्य जमिन यथावत्रहेको तथा ३५.५१ प्रतिशतलेखेतीयोग्य जमिन घटेको बताएका छन् ।

वैदेशिक रोजगारीमा गएका श्रमिकहरुमध्ये ९७.६५ प्रतिशतले बंैकिङ्ग माध्यमको प्रयोग गरी विपे्रषण रकम नेपालमा पठाउने गरेको पाइयो भने २.३५ प्रतिशतले गैर बैंकिङ्ग माध्यमबाट रकम पठाउने गरेको यस अध्ययनले देखाएकोछ ।

वैदेशिक रोजगारीमा संलग्न परिवारका सदस्यहरुमध्ये ८६.० प्रतिशतले आर्थिक कारोवार गर्न विद्युतीय माध्यम तथा चेकको प्रयोग गर्ने गरेको पाइयोभने १४.० प्रतिशत परिवारले आजकोअवस्थासम्म पनि नगद मात्र प्रयोग गरेको पाइएको छ । 

वैदेशिक रोजगारीमा गए पश्चात् संलग्न परिवारका सदस्यहरुको बचत खाता तथा कर्जा खाता सङ्ख्यामा क्रमश: ३९.५८ प्रतिशत तथा १३०.६५ प्रतिशतले वृद्धि भएको देखिएको छ । त्यस्तै, वैदेशिक रोजगारी जानुपूर्व बैंकमा कुनै पनि खाता नरहेको परिवार सङ्ख्या ३७.०८ प्रतिशत रहेकोमा सो सङ्ख्यामा उल्लेख्य सुधार आई रोजगारीमा गए पश्चात् बैंक तथा वित्तीय संस्थामा कुनैपनि खाता नरहेको परिवारको सङ्ख्या घटेर ०.५२ प्रतिशतमा खुम्चिएको अध्ययनले देखाएको छ । 

अध्ययन अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये ६४.४९ प्रतिशतले नँया घर निर्माण, तल्ला थप तथा अन्य संरचनागत परिवर्तन गरेका छन्भने ३५.५१ प्रतिशतले कुनै पनि संरचनागत परिवर्तन नगरेको देखिन्छ । 

वैदेशिक रोजगारीमा गए पश्चात् आधुनिक सञ्चार माध्यममा पहुँच भएको परिवारको सङ्ख्यामा उल्लेख्य सुधार आई ९८.९६ प्रतिशत पुगेको छ । बाँकी १.०४ प्रतिशत परिवारले पनि सामान्य सञ्चार माध्यमको प्रयोग गर्ने गरेका छन् । त्यसैगरी, वैदेशिक रोजगारीमा जानुपूर्व गुणस्तरीय खानेपानीको प्रयोग गर्ने परिवार ५६.९२ प्रतिशत रहेकोमा सोमा वृद्धि भई ७९.६३ प्रतिशत पुगेको छ भने बाँकी २०.३७ प्रतिशत परिवार अझै पनि परम्परागत खानेपानीको प्रयोगमा निर्भर रहेकोअध्ययनले देखाएकोछ । 

अध्ययनमा समेटिएका परिवारहरुमध्ये वैदेशिक रोजगारीमा गएका सदस्यहरुको बालबच्चाको स्याहार—सुसार ८२.२४ प्रतिशत परिवारमा आमा/बुवा, एकाघर परिवारका सदस्य लगायत आफन्तहरुले गर्ने गरेका छन् भने नगण्य रुपमा अर्थात ०.५२ प्रतिशत वोर्डस/होस्टेलमा समेत राख्ने गरेको देखिन्छ । त्यसैगरी नमूना सर्वेक्षणमा छनौट भएका सदस्यहरु मध्ये १७.२४ प्रतिशत अविवाहित एवम्बालबच्चा नभएका देखिन्छन्। 

वैदेशिक रोजगारीमा रहेका शत प्रतिशत परिवारका सदस्यको निजी तथा सरकारीस्तरका स्वास्थ्य सेवा/सुविधाहरुमा पहुँच रहेको देखिन्छ ।त्यसैगरी, वैदेशिक रोजगारीमा गएका ४८.० प्रतिशत घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएको देखिन्छ । जिल्लागत रुपमा वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य बीमामा आबद्धता गुल्मी जिल्लामा सबैभन्दा धेरै ६९.२३ प्रतिशत र रोल्पा जिल्लामा सबैभन्दा कम २१.०५ प्रतिशत रहेको अध्ययनबाट देखिन्छ । 

अध्ययनमा समेटिएका नमूनाहरुमध्ये ३७.९६ प्रतिशत परिवारको वैदेशिक रोजगारीमा गए पश्चात् सम्बन्ध सुधार भएको देखिन्छ । त्यस्तै, ५४.२८ प्रतिशत परिवारको सम्बन्ध यथावत्रहेको छ भने ७.७६ प्रतिशत परिवारको सम्बन्ध कमजोर तथा बिग्रिएकोदेखिन्छ । 

वैदेशिक रोजगारीमा जानुपूर्व लघुवित्त, सहकारी तथा अन्य संघ संस्थाहरुमा पारिवारिक सदस्यहरुकोआबद्धता ३७.३४ प्रतिशत रहेकोमा सोमा वृद्धि भई ६४.२३ प्रतिशत पुगेको अध्ययनबाट देखिन्छ । 

वैदेशिक रोजगारीमा संलग्न व्यक्ति र परिवारका सदस्यहरु मध्ये ५५.३५ प्रतिशतले सार्वजनिक सवारीसाधन मात्र प्रयोग गर्ने गरेको देखिन्छ भने बाँकी ४४.६५ प्रतिशतले सार्वजनिक र निजी दुवै प्रकारका सवारी साधन प्रयोग गर्ने गरेको अध्ययनबाट देखिन्छ । 

हेरौँ, विस्तृतमा

प्रतिक्रिया