शीर्षकहरू

मनपरी गर्न नपाएकाहरूले हिलो छ्यापे, यहाँ इमान्दार मान्छेको काम छैन: अर्थमन्त्री महत

मनपरी गर्न नपाएकाहरूले हिलो छ्यापे, यहाँ इमान्दार मान्छेको काम छैन: अर्थमन्त्री महत

काठमाडौं। कुनै अमुक घरानाको चाहना अनुरुप करको दरमा परिवर्तन गरेको आरोप लागेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले त्यसको कडा प्रतिवाद गरेका छन् । उनले मनपरी गर्न नपाएर केही व्यावसायीहरु आफूसँग रिसाएर अनावश्यक हिलो छ्याप्ने काम गरेको उनको भनाई छ ।

आर्थिक मिडिया सोसाइटी नेपालले गरेको कार्यक्रममा सोमबार साँझ बोल्दै मन्त्री महतले आफूमाथि लागेको आरोपको पुष्टि गर्न ले चुनौती समेत दिए । मन्त्री महतले भने ‘म सबैसामु चुनौती दिन चाहन्छु आरोपको पुष्टि गर्न । सबै राजस्वकै कर्मचारीहरू बसेर हस्ताक्षर गरी राजस्वको दर टुङ्ग्याइएको छ, कसैको प्रभाव छैन।’ त्यसो त उनले यो बजेटमा त्यस्तो कसैको प्रभाव र दबाब नरहेको बताउँदै आएका छन् ।

आफुले इमान्दारितापुर्वक काम गरिरहेको उनले दाबी गरे । निश्चित फाइदा लिइरहेकाहरू आफूसँग रिसाएको उनले पटक पटक दोहोर्‍याएका छन् । व्यवसायी र अर्थ मन्त्रालयका कर्मचारीलाई पनि त्यस्ता आरोप बारे बुझ्न उनले पत्रकारलाई सुझाव दिए ।

उनले यो देशमा इमान्दारिताका कुनै महत्त्व नरहेको र इमान्दारको कुनै काम नरहेको देखियो भन्दै दुखेसो गरे । ‘म चुनौती दिएर भन्छु टुँडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए। अहिले लिन नपाएको हुन सक्छ। मन्त्री महतले भने म चुनौती दिएर भन्न चाहन्छु। इमानदार इमान्दारी भएर काम गरेको छु। यति काम गर्दा पनि हिलो झ्याप्प काम गरिन्छ भने इमानदार मान्छेको काम छैन।’

आयातमा रमाइरहेका व्यापारीहरू बढी रिसाएका मन्त्री महतले बताए। अनधिकृत व्यक्तिको प्रवेशबारे स्पष्ट पार्दै उनले भने, 'जसले विगतमा टाइप गर्दै आएको थियो उसैले गरेको हो ।'

बजेट अघि मन्त्रालयमा प्रवेश नै नदिएका कारण केही व्यक्तिहरू रिसाएको मन्त्री महतले बताए ।  उनले अर्को विवादित विषयबारे समेत स्पष्ट पारेका छन् । उनले भने, 'संसदीय क्षेत्र विकास कार्यक्रम हो। यसलाई कोष भन्न मिल्दैन । यसमा सम्बन्धित सांसदको सुझाव मात्रै हुन्छ। सांसदले सिफारिस मात्रै गर्ने हो। यो पुँजीगत खर्च हो।'

त्यसबारे थप प्रष्ट पार्दै उनले भने, 'सासंदहरुले आफू खुसी गर्ने होइनन् । उनीहरूको रोल कार्यक्रम छनोट मात्रै हो। यसलाई विवादित बनाउनु पर्ने कुनै कारण छैन ।'

मन्त्री महतले भने ‘बजेटको कार्यान्वयन पक्षमा सबैले प्रश्न गरेका छन्। यो प्रश्न मैले पनि गर्ने गरेको छु। बजेटको आलोचना हुन सक्छ। तर, हामी सुधारको कार्यक्रम लागू गर्छौँ।’ मन्त्री महतले थपे ‘हाम्रो इच्छा त आन्तरिक ऋण कम लिऊँ भन्ने हुन्छ। हामी जुन डेडिकेसनमा काम गरिरहेका छौँ। बजेटले लिएको लक्ष्य पुरा गर्न सकिन्छ।’

सुरुमा बजेट राम्रो हुने र करको दर हेर्दा अप्ठ्यारोमा परेको भन्ने कुरा आफुले सुनेको उनले बताए । उनी भन्दा अघि बोल्दै निजी क्षेत्रका प्रतिनिधीहरुले त्यस्तो गुनासो गरेका थिए । उनीहरूले स्वदेशी उद्योग जोगाउन भनी माग गरेकोमा फुले त्यस्तै गर्ने प्रयास गरेको उनले जिकिर गरे ।

उनले तयारी वस्तु र कच्चा पदार्थमा एक तहको सुविधा दिइएको, जुन लक्ष्यको साथ भ्याट लगाइएको छ त्यसलाई वैज्ञानिक बनाउँदै जानु पर्ने अवस्था रहेको पनि बताए । हवाई यातायात चढ्नेलाई भ्याट लगाइएको चर्चा गर्दै उनले विदेशमा पनि ठुला कम्पनीले पनि धेरै कर लगाउने गरेको तर्क गरे । भ्याटलाई वैज्ञानिक बनाउन प्रयास गरिएको मन्त्री महतले बताए।

‘विद्युतीय गाडीमा सामान्य हेरफेर गरिएको छ। लजिकल प्रोग्रेसन गरिएको छ। धेरै कुरा आएका थिए। नत मैले इभी वालाको सुनेँ नत पेट्रोलियमको । मैले चाहिने कुरा मात्रै सुने ।’ उनले अगाडी थपे, ‘बैंकको करको विषयमा महालेखाले बेरुजू लेख्यो । यसको गलत बुझाई छ। यो उठाउनु पर्ने किन नउठाएको भनी कानुनी प्रश्न गरेको छ। यसमा गर्नुपर्ने विषयमा पनि छन्। मैले केही नगर्या भए पनि उठाउनु पर्छ। कानुनको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हो।’

बजेट पछि शेयर बजारमा देखिएको गिरावटबारे टिप्पणी गर्दै उनले साना र सोझा लगानीकर्ताहरूलाई फसाएर ठुला लगानीकर्ताले लाभ लिएको बताए।