शीर्षकहरू

४३ लाख ९९ हजारमा एमजीको नयाँ विद्युतीय गाडी, केके छन् नयाँ फिचर

४३ लाख ९९ हजारमा एमजीको नयाँ विद्युतीय गाडी, केके छन् नयाँ फिचर

«काठमाडौं । एमजी गाडीको नेपालका लागि आधिकारीक विक्रेता पारामाण्ट मोटर्सले एमजी ब्राण्डको नयाँ विद्युतीय गाडी एमजी एस ५ एसयूभी सार्वजनिक गरेको छ । 

विहीबार राजधानीमा एक कार्यक्रम गर्दै प्ररम्भिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एमजी एस फाइभमा तीन वटा भेरियन्ट रहेको छन् । ४९ किलोवाट आवर क्षमता ब्याट्री र फूल चार्जमा ३४० किलोमिटर माइलेज दिने कम्पनीले जानकारी दिएको छ । 

null

त्यस्तै, यसको मूल्य ४३ लाख ९९ हजार र ४९ लाख ९९ हजार रहेको छ भने ६२ किलो वाट पारको गाडीको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुबै गाडीमा ९९ वाटको मोटर रहेको बताइएको छ । गाडीको ग्राउण्ड क्लिएरेन्स १८० एमएम रहेको छ ।  

यसको अर्को फिचरमा ल्हील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको छ । एमजीको एस ५ को अर्को नयाँ फिचर भनेको ब्याट्री सेल होराइजेन्टल र ब्याट्री पातल रहेको छ ।