काठमाडौं । अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन नियो नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी उपकरणले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र सुरक्षित बनाउने लक्ष्य राखेका छन्।
साओमी ट्याग केवल १० ग्राम तौलको ट्र्याकिङ उपकरण हो, जसलाई चाबी, पर्स, झोला वा सुटकेसजस्ता व्यक्तिगत सामग्रीमा प्रयोग गर्न सकिन्छ। विशेष ट्र्याकिङ एपमार्फत यसलाई विभिन्न उपकरणसँग जोड्न सकिने भएकाले हराएका सामग्रीको स्थान सहजै पत्ता लगाउन मद्दत मिल्ने कम्पनीले जनाएको छ।
यसमा ‘लस्ट मोड’ सुविधा समावेश गरिएको छ, जसले हराएको सामग्री फेला परेमा मालिकको सम्पर्क विवरण देखाउने व्यवस्था गर्दछ। साथै, सुरक्षित ट्र्याकिङ प्रणाली, अनधिकृत ट्र्याकिङबारे चेतावनी, एक वर्षसम्म टिक्ने ब्याट्री तथा आईपी ६७स्तरको धुलो र पानी प्रतिरोधी क्षमता पनि रहेको छ।
त्यस्तै, रेड्मी हेडफोन नियो उत्कृष्ट ध्वनि अनुभवका लागि डिजाइन गरिएको वायरलेस हेडफोन हो। यसमा ४२ डेसिबलसम्मको सक्रिय न्वाइज क्यान्सलेसन (एएनसी) सुविधा रहेको छ, जसले बाहिरी अनावश्यक आवाजलाई प्रभावकारी रूपमा कम गर्छ।
हेडफोनमा उच्च गुणस्तरको अडियो प्रविधिसहित ४० मिलिमिटर डायनामिक ड्राइभर जडान गरिएको छ, जसले गहिरो बास, स्पष्ट ध्वनि र समृद्ध श्रव्य अनुभव प्रदान गर्छ। पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री ब्याकअप दिने यस हेडफोनमा एआईमा आधारित आवाज शुद्धीकरण प्रणालीसहित तीनवटा माइक्रोफोन रहेका छन्, जसले फोन कललाई थप स्पष्ट बनाउने कम्पनीको दाबी छ। रेड्मी हेडफोन नियो कालो र स्याण्ड ह्वाइट रंगमा उपलब्ध रहेको छ। कम्पनीले यसको मूल्य १२ हजार ९९९ रुपैयाँ तोकेको जनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया