शीर्षकहरू

क्लासिक टेकको नयाँ अफर: १ वर्ष इन्टरनेट जोड्दा ४ वर्षसम्म आईपी टिभी हेर्न पाइने

क्लासिक टेकको नयाँ अफर: १ वर्ष इन्टरनेट जोड्दा ४ वर्षसम्म आईपी टिभी हेर्न पाइने

काठमाडौं । Classic Tech ले ग्राहकलाई लक्षित गर्दै ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्’ नामक नयाँ अफर सार्वजनिक गरेको छ।यस अफरअन्तर्गत ग्राहकहरूले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेट जडान गर्दा ४ वर्षसम्म आईपी टिभी सेवा र वाइफाइ–६ राउटर निःशुल्क प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार यो योजना दैनिक औसत ४० रुपैयाँको लागतमा वार्षिक रूपमा जडान गर्न सकिनेछ। अफरमा एचडी तथा एसडी गुणस्तरका सयौं प्रिमियम टिभी च्यानल समावेश गरिएको छ, जसमा समाचार, मनोरञ्जन, बालबालिका, इतिहास र खेलकुदका च्यानलहरू उपलब्ध हुनेछन्।

सामान्यतया प्रतिमहिना ५०० रुपैयाँ पर्ने आईपी टिभी सेवा यस अफरमा प्रतिमहिना औसत २०३ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसबाट ग्राहकले ३ वर्षको बोनस आईपी टिभी सेवामार्फत कुल ७ हजार ३२२ रुपैयाँ बराबरको लाभ लिन सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै एक वर्षको इन्टरनेट तथा आईपी टिभी जडानमा थप ३ वर्ष निःशुल्क आईपी टिभी सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो।

प्रतिक्रिया