शीर्षकहरू

शिखर इन्स्योरेन्सद्वारा भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म 'खुसीको इन्स्योरेन्स' सार्वजनिक गरेको छ । नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा आफ्नो एक अदृश्य तर सदैव साथ दिने सहयात्रीको भूमिका उजागर गरेको भिडियो सार्वजनिक गरेको हो। 

उक्त भिडियोमा फिल्म एक परिवारको कथा हो, जुन कान्छो छोराको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ उनसे आफ्नो बाल्यकालका मीठा सम्झनाहरूलाई स्मरण गर्दै परिवारभित्रको प्रेम, एकता, सङ्घर्ष र पुनर्निर्माणको कथा सुनाउँछन् ।

 कथा एक समृद्ध र प्रेमले भरिएको परिवारसँग सुरु हुन्छ, जसले जीवनका विभिन्न मोडहरू पार गर्दै सुखद क्षणहरू मनाउँछ, तर कहिलेकाहीँ अनपेक्षित कठिनाइहरू पनि भोग्छ । जब विपत्तिले सबै थोक परिवर्तन गरिदिन्छ तब उनीहरू फेरि उठ्न संघर्ष गर्छन्। यस यात्रामा शिखर इन्स्योरेन्सले नदेखिने तर महत्वपूर्ण सहयोग पुयाउने भूमिका निर्वाह गरिरहेको देखाइएको छ । 

 जसको महत्व कान्छो छोराले धेरै पछि मात्र भयो कथा सन्तानका लागि आफ्नो खुसी त्याग्ने आमाहरू जीवनका हरेक चुनौतीसँग सँगे भने दाजुभाइ तथा दिदीबहिनीहरू, दुई दशकदेखि शिखर इन्स्योरेन्स माथि विश्वास राख्ने ग्राहकहरू र आवश्यक पर्दा आपत विपतमा सहयोगी हात बन्ने हरेक शिखर इन्स्योरेन्सका कर्मचारीहरूलाई समर्पित गरिएको छ ।आफ्नो खुसीलाई संग सुरक्षित गरी शिखर इन्स्योरेन्स सधैं तपाईंको साथमा छ भन्ने सन्देशको साथ फिल्म अन्त्य हुन्छ ।

पूरा भिडियो