शीर्षकहरू

स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुई जना पक्राउ

स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो । 

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी जानकारी दिए ।