शीर्षकहरू

सोल्टी होटलले कमायो ४१ करोडभन्दा बढी नाफा

सोल्टी होटलले कमायो ४१ करोडभन्दा बढी नाफा

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा ४१ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ११ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३७ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको कुल आम्दानी र कुल खर्च एउटै अनुपातमा बढेको छ । गत वर्ष १ अर्ब ५० करोड ९२ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ११ दशमलव ३८ प्रतिशत बढी १ अर्ब ६८ करोड १० लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कुल खर्च गत वर्ष १ अर्ब ४ करोड ८९ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष १ अर्ब १६ करोड ८३ लाख रूपैयाँभन्दा बढी भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख ५३ हजार रूपैयाा रहेको छ । रिटर्न अर्निग र जगेडा कोष रकम भने १ अर्ब ३५ करोड ४६ लाख रूपैयाँभन्दा बढी रहेको छ । कम्पनीले लिएको कर्जा रकम यस वर्ष १३ लाख ८ हजार रूपैयाँ रहेको छ यो रकम गत वर्ष ५ करोड ३ लाख रूपैयाँ रहेको थियो । 

वित्तीय खर्च गत वर्ष ४४ लाख ५२ हजार रूपैयाँभन्दा बढी रहेको कम्पनीको यस वर्ष यो खर्च ५ लाख ८८ हजार रूपैयाँभन्दा बढी मात्र रहेको छ । गत वर्ष ४ रूपैयाँ २० पैसा रहेको कम्पनीको यस वर्ष प्रतिशेयर आम्दानी ४ रूपैयाा ४४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ भने गत वर्ष २१ रूपैयाँ ७१ पैसा रहेको कम्पनीको यस वर्ष २४ रूपैयाँ ५८ पैसा रहेको छ ।