शीर्षकहरू

कुन क्षेत्रको वृद्धिदर कति ? निर्माण क्षेत्रको वृद्धि नकारात्मक

कुन क्षेत्रको वृद्धिदर कति ? निर्माण क्षेत्रको वृद्धि नकारात्मक

काठमाडौं । राष्ट्रिय तथ्याङ कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङक सार्वजनिक गरेको छ । जसअनुसार चालु आर्थिक वर्षको २०८०/८१ मा नेपालको आर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

सार्वजनिक तथ्याङ अनुसार चालु आर्थिक वर्षको २०८०/८१ मा आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमा कृषि, वन तथा मत्स्यमा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ३.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । खानी तथा उत्खनन् क्षेत्रमा चालु आर्थिका वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । उद्योग क्षेत्रको चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (–१.६०% ) हुने प्रारम्भिक अनुमान गरिएको छ । 

पानी आपूर्ति, ढल , फोहोर व्यवस्थान तथा पुन उत्पादन क्रियाकलापमा चलु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।  निमार्ण क्षेत्रको चालु आर्थिक वर्षको कुल मूल्य आर्थिक वृद्धिदर ऋणात्मक (–२.०७ प्रतिशत ) हुने प्रारम्भिक अनुमान गरिएको छ । यातायात तथा भण्डारणमा चालु आर्थिक वर्षको कुल मूल्य वृद्धिदर ११.८९ प्रतिशत हुने अनुमान गरिएको छ । 

आवास तथा भोजन सेवामा  क्षेत्रमा कुल मूल्य वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सूचना तथा सञ्चार क्षेत्रमा कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रसतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । वित्तीय तथा बिमा क्षेत्र चालु आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर ७.८० प्रतिशत हुने े प्रारम्भिक अनुमान गरिएको छ ।

 घरजग्गा कारोवार सेवा चालु आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर .२.९८  प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।  पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप चालु आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर ४.१५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप चालु आर्थिक वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर ४.०४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सार्वजनिक प्रशासन तथा रक्षा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर ४.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

 शिक्षा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर २.७१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । स्वास्थ्य तथा सामाजिक कार्य चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर ५.५२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।  अन्य सेवाका क्रियाकलापमा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिदर वृद्धिदर ४.१७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।