शीर्षकहरू

बीमा दाबी पेश गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आग्रह

बीमा दाबी पेश गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आग्रह

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी फरफारखका लागि ३५ दिनको अवधि तोकेको छ । साविकको सगरमाथा ईन्स्योरेन्स तथा लुम्बिनी जनरल ईन्स्योरेन्स र हाल सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट जारी भएका बीमालेख अन्तर्गत दाबीको लागि पेश गरेका विमितहरूलाई ३५ दिनभित्र आवश्यक कागजात पेश गरी फरफारखका लागि कम्पनीले आग्रह गरेको हो ।

कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरू विगत लामो समयदेखि नबुझाएका बिमितहरूलाई आगामी ३५ दिनभित्र पेश गर्न कम्पनीले जेठ ८ गते सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरू नबुझाउने दाबीकर्ताको हकमा निजहरूसँग सम्बन्धित दाबी फाईल बन्द भई तामेलीमा जाने जानकारी समेत कम्पनीले दिएको छ ।